Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
नेपाल रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिँदै

रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिँदै

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu:   रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिँदैछ ।

सरकारले जारी गरेको सुरक्षा मापदण्डअनुसार सामाजिक दूरीलगायतका नियम पालना गरेर रथारोहण गर्ने तयारी भएको गुठी संस्थान ललितपुरले जनाएको छ । यसअघि गएको बुधबार आज हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गरिएको थियो ।

तर रथारोहणका लागि अर्को साइत नभएपछि आज नै रथारोहण गर्ने निर्णय भएको हो । आज दिउँसो १२ बजेर ५ मिनेटदेखि १२ बजेर १५ मिनेटको साइतमा मूर्तिलाई पुल्चोकमा निर्माण गरिएको रथमा विराजमान गरिने रातो मच्छिन्द्रनाथका ज्योतिष, दैवज्ञ ज्योतिष कीर्तिमदन जोशीले बताउनु भयो ।

गएको वैशाख १२ मा रथारोहण गरिनुपर्नेमा कोरोना भाइरसको जोखिमका कारण रथ निमार्ण गरी नसकेका कारण मूर्तिलाई मच्छिन्द्रबहालमा रहेको भजन पाटीमा राखिएको छ । आज त्यहीबाट ल्याएर मूर्तिलाई रथमा विराजमान गरिनेछ । यसअघि पनि असार २४ गते रथारोहण स्थगित गरिएको थियो ।

रथको माथिल्लो भागमा रहने धकिबाँयम्व राखेपछि मूर्तिलाई रथमा राखिनेछ । रथमा सुनका फूल, झ्याल, कौसी, धमा जडान गरिएकोे रथ निमार्णमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो ।

चित्रकार समुदायले ह्यग्रिभ भैरवको अनुहार कोरेपछि मात्र रथको अगाडि भागमा रहने लामो काठ धमालाई रथमा जडान गरिने गरिन्छ । रथको रक्षाको लागि ककोर्टक नागले भैरवको मुखटौ लगाएर रथको अगाडि बस्ने जनविश्वास छ ।

सम्बन्धित समाचार

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

दशैंमा घर जाने भनेर तयारी अवस्थामा हुनुहुन्छ भने आयो एकदमै दुखको खबर!

विगतका दसैंमा यातायात व्यवसायीले भाडा वृद्धी लगायतका मुद्धा उठाएर सरकारसगँ वार्गे निङ गरेका थिए। यो वर्ष भने यातायात व्यवस्था विभाग र यातायात व्यवसायी दुवै पक्ष अग्रिम टिकट नखोल्ने मन स्थितीमा छन्।

आज नेपालमा थपिए ३७९० कोरोना संक्रमित, १८ को मृत्यु, २३३५ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रोबोट बनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले यान्त्रिका नामक रोबोट तयार पारेको हो ।

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
X