Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
नेपाली चलचित्र साम्रागी दोषी ठहरिएमा दुई वर्षसम्मको हुन सक्नेछ जेल सजाय

साम्रागी दोषी ठहरिएमा दुई वर्षसम्मको हुन सक्नेछ जेल सजाय

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu:   काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गरेका छन् । नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले राससलाई जानकारी दिए ।

मुलुकी अपराध संहिता, २०६४ को गाली बेइज्जतिसम्बन्धी कसूरको बेइज्जति गरेमा हुने सजाय ९१० मा कसैले कसैको बेइज्जति गरे वा गराइमा निजलाई दुई वर्षसम्मको कैद वा २० हजारसम्मको जरिवाना वा दुवै हुने व्यवस्था छ । तर विद्युतीय माध्यमबाट व अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरे वा गराएमा निजलाई त्यस्तो सजायको थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।समाचार पत्रमा खबर छ ।

बेइज्जति गरेमा हुने सजाय ९२० मा कसैले कसैलाई बेइज्जति गरे वा गराएको ठहरिएमा बेइज्जति गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरेको भएमा त्यस्तो कुरासमेतलाई विचार गरी कसूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्चसमेत भराउनुपर्नेछ भन्ने व्यवस्था छ ।

सूचना अधिकारी कार्कीका अनुसार नायक केसीले यही व्यस्थालाई टेकेर रु १० करोड क्षतिपूर्ति माग गर्नुभएको छ । नायक केसीले आफ्नोे चरित्र हत्या गरेको आरोप लगाउँदै नायिक शाहले कलाकार सङ्घमा उजुरी दिएका थिए । नायिका शाहले चलचित्रमा काम गर्ने क्रममा दुव्र्यवहार गरेको आरोप लगाएपछि विवाद चलचित्र सङ्घ हुँदै अदालतमा पुगेको हो ।

सम्बन्धित समाचार

आइसोलेसनमा रहेका हरिवंश आचार्य भन्छ्न: कोरोनालाई खेलाचीँ नठानौँ, यो बलियो शत्रु नै हो

तिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य दम्पती कोरोना संक्रमण भएपछि यतिखेर होम आइसुलेसनमा बसिरहेका छन्।

प्रचण्डकी नातिनी स्मिताको सलोनसँग रिल बिवाह

प्रचण्डकी नातिनी अर्थात गायिका स्मिता दाहाल एक म्युजिक भिडियोका लागि बेहुली हुनुपरेकी छन् ।

प्रधानमन्त्री ओलीलाई अभिनेत्री ऋचाको खुल्ला पत्र- ‘मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

प्रधानमन्त्री ओलीलाई अभिनेत्री ऋचाको खुल्ला पत्र- ‘मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

फेसबुकमा सर्वाधिक लोकप्रिय यी ५ नेपाली नायिका छन्, पहिलो नम्बरमा काे ?

नेपाली चलचित्र क्षेत्रमा कलाकार भनेकाे सबै दर्शकले रूचाएर चर्चामा छाउने हुन् । त्यस्तै सामाजि संजाल फेसबुकमा सर्वाधिक लोकप्रिय ५ नेपाली नायिकाकाे चर्चा गर्न गएका छाैँ ।

ताजा समाचार

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।
X