Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
नेपाल ६ दिनपछि खुल्यो नौबिसे-मुग्लिङ सडक

६ दिनपछि खुल्यो नौबिसे-मुग्लिङ सडक

Published:

On: Nepal

Nepal Online Patrika | Kathmandu: पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिङ सडकखण्ड ६ दिनपछि खुलेको छ ।

पहिरोका कारण अवरुद्ध यो सडकखण्डमा गएरातिदेखि दुईतर्फी नै गाडी चल्न थालेकाे इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि नै गाडी चल्न थालेका हुन् । मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गएको ५ गतेदेखि बन्द भएकाे थियो ।

यसैगरी पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड १६ दिनसम्म पनि खुल्न सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो ।

सडक खुलाउन अझै समय लाग्ने सडक विभागले जनाएको छ । साँफेबगर-मार्तडी सडकखण्ड पनि १६ दिनदेखि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ ।

यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ । यस्तै पहिरोका कारण १२ दिनदेखि अवरुद्ध कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन । यस्तै एक हप्तादेखि अवरुद्ध बेशी शहर चामे-सडकखण्ड पनि बन्द नै छ ।

घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । पहिरोका कारण डुम्रे-बन्दीपुर सडकखण्ड पनि अवरुद्ध छ । गल्छी-त्रिशुली-मैलुङ-स्याुफ्रुबेशी-रसुवागढी सडकखण्ड पनि साउन १ गतेदेखि अवरुद्ध नै छ ।

सडक सञ्चालनमा आउन समय लाग्ने सडक विभागले जनाएको छ । यस्तै काठमाडौको टोखा नगरपालिका-२ मालुङ पन्चेटारमा सडक भासिएपछि नुवाकोट जाने बाटो पनि अवरुद्ध भएको छ । लगातार पानी परेपछि भासिएको सडक मर्मतको काम चलिरहेको प्रहरीले जनाएको छ । बाटो अवरुद्ध भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

दशैंमा घर जाने भनेर तयारी अवस्थामा हुनुहुन्छ भने आयो एकदमै दुखको खबर!

विगतका दसैंमा यातायात व्यवसायीले भाडा वृद्धी लगायतका मुद्धा उठाएर सरकारसगँ वार्गे निङ गरेका थिए। यो वर्ष भने यातायात व्यवस्था विभाग र यातायात व्यवसायी दुवै पक्ष अग्रिम टिकट नखोल्ने मन स्थितीमा छन्।

आज नेपालमा थपिए ३७९० कोरोना संक्रमित, १८ को मृत्यु, २३३५ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रोबोट बनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले यान्त्रिका नामक रोबोट तयार पारेको हो ।

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
X