Saturday, December 5, 2020

Saturday, December 5, 2020
नेपाल टिकटक बनाउनेले अब पैसा पाउने, २४ अर्बको कोष खोल्दै कम्पनी

टिकटक बनाउनेले अब पैसा पाउने, २४ अर्बको कोष खोल्दै कम्पनी

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu:   टिकटक प्रयोगकर्ताका लागि खुसीको खबर छ । छोटो भिडियोका चर्चित चिनियाँ भिडियो प्ल्याटफर्मले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको हो ।

छोटो समयमै स्थापित टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो नयाँ घोषणाको लागि करिब २४ अर्ब रुपैयाँ(२० करोड डलर)को कोष बनाउन लागेको जनाएको हो ।

यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकले जनाएको छ । टिकटकका अनुसार उक्त कोषबाट यो बर्षको अन्त्यतिर नगद वितरण सुरु हुनेछ ।

विगतमा टिकटक प्रयोगकर्ताले लाइभ र ब्रान्डसँगको साझेदारीमार्फत मात्र आम्दानी गर्न सक्ने अवस्था थियो । टिकटकको नयाँ घोषणाले आम्दानीको आधार तयार गर्ने भएपछि प्रयोगकर्ताप्रति यसको आकर्षण कायमै रहने अपेक्षा गरिएको छ ।

टिकटकको मापदन्ड अनुसार १८ बर्ष माथीका र आफूले नै तयार गरेका ओरिजिनल कन्टेन्टमा मात्र यस्तो रकम प्रयोग हुनेछ । आगामी महिनादेखि परीक्षणको रुपमा सुरु हुने यो कार्यक्रममा कतिले आवेदन दिन सक्ने र कति रकम पाउने भन्ने अहिलेसम्म स्पष्ट भने छैन ।

टिकटकका प्रयोगकर्ताले कसरी उक्त रकम पाउँछन् भन्ने स्पष्ट नभएपनि कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धि बनाइरहने कम्पनीका प्रवक्ताले जनाएका छन् । विश्वभर नै अत्यधिक लोकप्रिय टिकटक पछिल्लो समय भने समस्यामा पर्दै गएको छ ।

चीन र भारतबीचको सिमा विवादका कारण भारतले टिकटकमाथी प्रतिबन्ध लगाएको छ भने अमेरिकासँग बढ्दो दूरीका कारण त्यहाँ पनि प्रतिबन्धको सम्भावना उत्तिकै छ ।

यहिं सम्भावनालाई क्षीण बनाउन टिकटले हालैमात्र अमेरिकामा १० हजार रोजगारी सिर्जना गर्ने नयाँ योजना पनि सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तामाझ पनि टिकट उत्तिकै लोकप्रिय छ ।

सम्बन्धित समाचार

चीनको चाङ्ग-अ फाइभ अन्तरिक्ष यानद्वारा चन्द्रमामा सफल अवतरण

चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमामा उतारेको छ। उसको रोबोटिक चाङ्ग-अ फाइभ अभियान अन्तर्गत गए राति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो।

फेसबुकबाट सुरु भएको मायाले घर न घाटको बनायो

फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका-४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन ।

बौद्धमा आमाछोरी मृत फेला

गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् ।

फेसबुकमा कसले गर्‍यो अनफ्रेन्ड यसरी पत्ता लगाउनुहोस्

फेसबुकमा तपाईलाई कसैले अनफ्रन्ड गरेको हुन सक्छ तर, तपाइलाई थाहा नहुन पनि सक्छ ।तपाईले अब आफूलाई कसले अनफ्रन्ड गरेको छ भनेर सजिलै थाहा पाउन सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

बिहे गरेर प्रेमिकाले अष्ट्रेलिया लैजान्छु भन्दै २५ लाख लिएर लापत्ता [भिडियो]

लमजुङ सुन्दर बजारका एक युवकले पोखराकी घर भएकी एक युवतीको कुराको पछि लाग्दा आफ्नो घरबार नै सखाप भएको छ ।

आफ्नै श्रीमतीको अर्कै केटासंग मोज-मस्ती, मोबाइलमा भेटिए यस्ता भिडियो

केही समयदेखि मिडियामा एकसाथ श्रीमान श्रीमती हराएका घटनाहरु आइरहेका छन् । त्यस्तै एउटा अर्को दर्दनाक-घटना बाहिरिएको छ ।