Thursday, October 29, 2020

Thursday, October 29, 2020
अपराध ह’त्यारा प’क्राउ पर्न न’सक्नुको कारणबारे निर्मलाकी आमाले खोलीन् यस्तो रहस्य

ह’त्यारा प’क्राउ पर्न न’सक्नुको कारणबारे निर्मलाकी आमाले खोलीन् यस्तो रहस्य

Published:

On: Nepal

Nepal Online Patrika:   झन्डै एक दर्जन अनुसन्धान टोली खटियो । आधा दर्जनभन्दा बढी अनुसन्धान अधिकृत फेरिए । यो अवधिमा कञ्चनपुर प्रहरी प्रमुख एसपी पनि चार जना फेरिए । एक वर्षसम्म निरन्तर विभिन्न किसिमका आ’न्दोलन र द’बाबमूलक कार्यक्रम चलिरहे । तर, ब’ला’त्का’रपछि ह’त्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका ह’त्यारा अझै पत्ता लाग्न सकेका छैनन् । घ’टनाको दुई वर्षसम्म पनि अनुसन्धान जहाँको त्यहीं छ ।

निर्मलाको न्यायका लागि भनेर सुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाले ज्या’न गुमाए, एक द’र्जनभन्दा बढी घा’इते भए । कतिपयको अहिले पनि उपचार भइरहेको छ । ‘दुई वर्ष भइसक्यो, प्रहरीले अहिले पनि अनुसन्धान भइरहेको छ मात्रै भन्छ,’ शनिबार निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘साँच्चै अनुसन्धान गरेको भए अहिलेसम्म अ’पराधी प’त्ता लाग्नुपर्ने हो ।’

उनलाई प्रहरीले अहिले पनि सही ढंगले अनुसन्धान गरिरहेको अनुभूति भएको छैन । उनी घ’टनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय धाउ’ने गर्छिन् । ‘आज पनि गएकी थिएँ,’ उनले भनिन्, ‘तर एसपी–डीएसपी कसैलाई पनि भेटिनँ, फोनमै कुरा भयो ।’ प्रहरीले घ’टनाका मुख्य दोषी भन्दै सार्वजनिक गरेका भीमदत्त नगरपालिका–१९ बागफाँटाका दिलीप विष्टका नाममा दुर्गादेवीले एक वर्षअघि कि’टानी जाहेरी दिएकी थिइन् । विष्टमाथि पनि थप अनुसन्धान हुनुपर्ने उनको माग छ ।कान्तिपुर दैनिकमा खबर छ ।

विगतमा आ’न्दोलन र वि’रोधका कारण अनुसन्धानमा केही स’मस्या भए पनि हाल स्थानीयले साथ दिँदा सहज भएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासिनीले बताए । ‘हालसम्म नयाँ डेभलप त केही भएको छैन,’ उनले भने, ‘अनुसन्धान विगतको भन्दा सहज बन्दै गएको छ, यही आधारमा विभिन्न आयामबाट अनुसन्धान गरिरहेका छौं ।’ जिल्ला प्रहरीको टोलीसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

जनकपुरबाट १६ लाख भन्दा बढीको सुनसहित एकजना पक्राउ

जनकपुरधामबाट १६ लाख भन्दा बढीको सुनसहित एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ भ्रमरपुरा चोकबाट १६ लाखभन्दा बढी मूल्य बराबरको सुनसहित एकजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र शेनले जानकारी दिए।

प्रधानमन्त्री ओली: बला’त्कारविरुद्ध कडा कानुन ल्याउँछौं

प्रधानमन्त्री केपी शर्मा ओलीले बला'त्कारविरुद्ध कडा कानुन ल्याउने तयारीमा रहेको बताएका छन् |

नवराज विक घटनामा अदालतमा दुई न्यायाधीशको कुरा नमिलेपछि…

गत जेठ १० गते अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विकसहित ६ जनाको नि धन भएको हो ।

सुकुम्बासी आयोगको पदाधिकारी बनेर बदमासी : जग्गा मिलाई दिने नाममा सुकुम्बासीलाई ठगी

सुकुम्बासी समस्या समाधान आयोगको प्रदेश समितिको पदाधिकारी बताएर जग्गा उपलब्ध गराई दिने नाममा सर्वसाधारणलाई ठग्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

ताजा समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।