Friday, October 23, 2020

Friday, October 23, 2020
रोचक किन लाग्छ बारम्बार भोक

किन लाग्छ बारम्बार भोक

Published:

On: Nepal

Nepal Online Patrika:   भोक लाग्नुलाई स्वस्थ्य जीवनको सूचक मानिन्छ । भोक नै नलाग्नु वा खानामा अरुची हुनुले स्वास्थ्यमा कुनै गडबडी भएको संकत दिन्छ । भोक लागेपछि हामी केही न केही खान्छौं । भोक मेटिन्छ । त्यसपछि निश्चित समयसम्म हामीलाई भोक लाग्दैन ।

तर, कहिले काहीँ हामीलाई बारम्बार भोक लागेको महसुष हुन्छ । खाना खाएको केही समयमै फेरी खानेकुराको तलतल लाग्छ । यसरी बारम्बार भोक लाग्नु भने सामान्य मान्न सकिदैन । कतिपय स्वास्थ्य समस्यामा पनि भोक लाग्छ । जस्तो पर्याप्त निद्रा नपुगेको अवस्थामा बारम्बार भोक महसुष हुनसक्छ, कतिपय पोषक तत्व अभाव भएमा पनि यस्तो हुन्छ ।

प्रोटीन र फाइबरको कमी

हामीले गर्ने भोजनमा सही परिमाणमा प्रोटीन र फाइबर भएन भने पनि हरेक समय भोक लागेको महसुस भइरहन्छ । जब प्रोटिन र फाइबरयुक्त भोजन गर्छौं, त्यतिबेउला पेटबाट यस्तो हार्मोन्स निस्किन्छ, जसले भोकलाई शान्त गरिदिन्छ ।

पर्याप्त क्यालोरी नलिनु 

शरीरलाई सम्पूर्ण आहाराको आवश्यकता हुन्छ । शरीरमा पर्याप्त मात्रामा क्यालोरीको त्यति नै आवश्यकता हुन्छ जति अन्य पौष्टिक तत्वको ।  क्यालोरीरहित खानेकुरा खाइयो भने शरीरमा यसको कमी यथावत रहन्छ र भोक लागेको महसुष भइरहन्छ ।

कम समय निदाउनु

भनिन्छ कि निद्रा हरेक रोगको औषधि हो । सातदेखि आठ घन्टाको पर्याप्त निद्राले तपाईंलाई स्वस्थ मात्र होइन, सुन्दर र उर्जावान पनि बनाइराख्छ । पर्याप्त निदाइएन भने शरीर थाकिरहेको हुन्छ र त्यस थकानलाई मेटाउनका लागि पर्याप्त उर्जाको आवश्यकता हुन्छ जुन भोजनबाट प्राप्त हुन सक्छ । उर्जा नहुँदा बारम्बार भोक लागिरहन्छ । एकपटक उर्जा प्राप्त भयोउ भने लगातार भोकको समस्या रहँदैन ।

बिहान नास्ता नखानु

६ देखि ८ घन्टासम्म सुतिसकेपछि शरीरलाई फेरि उर्जा प्राप्त गर्न खाद्यपदार्थको आवश्यकता पर्छ । बिहानको नास्ताले ब्लड सुगरलाई स्थिर राख्छ जसले गर्दा दिनभर भोक लागिरहँदैन । यदि आफ्नो नास्तामा प्रोटिनयुक्त वस्तुहरु समावेश गरियो भने बारम्बार भोक लाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

हतारमा खानु

हतार गरेर खाने बानी छ भने यो बानी छाड्नुपर्छ । बिस्तारै बिस्तारै चबाएर खाने गरौं । यसले गर्दा खाएको खाना पेटमा राम्ररी पच्छ र यसमा रहेका सबै पोषक तत्वले शरीरलाई उर्जा दिन्छ । त्यसो भएमा बारम्बार भोक लाग्ने समस्या रहँदैन ।

सम्बन्धित समाचार

यस्ता रोग लाग्नछन् दिउँसो सुत्ने बानी छ ? सावधान !

शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ ।

यस्तो हुन्छ स्वभाव कात्तिक महिना र बिहीबार जन्म हुने व्यक्तिको

साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन् । यस्तै कम बुद्धि भएको, दुष्ट प्रवृत्ति र पापी पनि हुने गर्दछन् । यसैगरी बिहीबार जन्मिएका मानिस बुद्धिमान हुन्छन् ।

हेनुहोस् शरीरको कुन स्थानमा भएको कोठीले शुभ फल दिन्छ ?

हाम्रो शरीरको विभिन्न स्थानमा दाग तथा कोठीहरु हुन्छन् । के ति कोठीहरुले कुनै शुभ वा अशुभ फल प्रदान गर्दछ ? यस सम्बन्धमा मसुन्द्र शास्त्रमा शरीरमा भएको कोठी वा चिन्हका आधारमा व्यक्तिको भाग्य र भविष्य विश्लेषण गरिएको छ ।

घरमा ऐना राख्दा कहिल्यै नभुल्नुस् यी १० कुराहरु

हाम्रो घर वा डेरामा जहाँ भएपनि ऐना अनिवार्य नै हुन्छ । ऐनाबिना त मानिसको सुन्दरता अधुरो नै रहन्छ भन्दा पनि हुन्छ । तर घरमा ऐना राख्दा जहाँ मिल्यो त्यहीँ राख्नु चाँहि हुँदैन किनभने ऐनाले धेरै भूमिका खेलिरहेको हुन्छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X