Friday, October 23, 2020

Friday, October 23, 2020
खेलकुद युभेन्ट्स लगातार नवौं पटक च्याम्पियन

युभेन्ट्स लगातार नवौं पटक च्याम्पियन

Published:

On: Nepal

Nepal Online Patrika | Source: युभेन्ट्सले लगातार नवौं पटक इटालियन सिरी एको उपाधि जितेको छ । जारी सिजनअन्तर्गत गएराराति भएको खेलमा साम्पडोरियालाई २-० ले पराजित गर्दै युभेन्टसले दुई खेल अगावै उपाधि पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डसीले एक-एक गोल गरे । पहिलो हाफको इन्जुरी टाइममा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा बर्नाडेसीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।

७७औं मिनेटमा मोर्टेन तोर्सबीले रातो कार्ड पाएपछि साम्पडोरिया दश खेलाडीमा झरेको थियो । ८९औं मिनेटमा युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो तर रोनाल्डो गोल गर्न चुके । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

जितपछि ३६ खेलबाट ८३ अंक जोडेको युभेन्टसले दुई खेल अगावै लिग उपाधि पक्का गरेको हो । समान खेलबाट ७६ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ ।

इम्मोबाइलको ह्याट्रिकमा लाजियोको सहज जित

सिरो इम्मोबाइलले ह्याट्रिक गरेपछि लाजियोले भेरोनालाई ५-१ ले पराजित गरेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै लाजियोले जित हात पारेको हो । इम्मोबाइलले दुई गोल पेनाल्टीमा गरेका थिए ।

खेलको ३८औं मिनेटमा सोप्यान अमराबातले पेनाल्टीमा गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिममा इम्मोबाइलले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा लाजियोले ४ गोल थप्यो ।

५६औं मिनेटमा सर्जेई मिलिनकोभिच साभिचले गोल गर्दै लजियोलाई २-१ को अग्रता दिलाए । ६३औं जाक्विन कोरेअले लाजियोको तेस्रो गोल गरे । ८४औं मिनेटमा इम्मोबाइलले व्यक्तिगत दोस्रो गोल गरेपछि लाजियोले ४-१ को अग्रता लियो । इन्जुरी टाइममा पराप्त पेनाल्टीमा गोल गर्दै इम्मोबाइलले ह्याट्रिक पूरा गरे ।

ह्याट्रिकपछि इम्मोबाइल सिरी ए मा सर्वाधिक गोल गर्नेमा अघि छन् । उनले ३४ गोल गरेका छन् । युभेन्टसका रोनाल्डोले ३१ गोल गरेका छन् ।

युरोपियन गोल्डेन बुटको होडमा रहेको इम्मोबाइलले वायर्न म्युनिखका रोवर्टो लेवान्डवस्कीसँग पनि गोल बराबरी गरेका छन् । लाजियोले अझै सिरी ए मा दुई खेल खेल्न बाँकी छ ।

सम्बन्धित समाचार

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

आइपिएलमा सुनिल नारनको बलिङ एक्सन शंकास्पद !

वेस्टइण्डिजका अलराउन्डर सुनिल नारनको बलिङ एक्सन शंकास्पद पाइएको छ ।

टर्कीले जर्मनीलाई बराबरीमा रोक्यो

केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X