Thursday, October 29, 2020

Thursday, October 29, 2020
राजनीति सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला निर्वाचित

सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला निर्वाचित

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu:  तत्कालीन समाजवादी पार्टीबाट निष्कासित प्रतिनिधिसभाकी सदस्य सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई निर्वाचित गरिएको छ। निर्वाचन आयोगले जनता समाजवादी पार्टीको सिफारिसमा गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले थाहाखबरलाई जानकारी दिए।

‘निर्वाचन आयोगले लीलादेवी सिटौलालाई निर्वाचित भएको घोषणा गर्ने निर्णय भएको छ, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसको राजपत्रमा सूचना प्रकाशित गर्न र सम्बन्धित संसद् सचिवालयमा लेखी पठाउने काम भएको छ।’ सरकारले भारतद्‍वारा अतिक्रमित नेपाली भूमि समेटेर सार्वजनीक गरेको नेपालको नक्सा संविधानको अनूसुचीमा समावेश गर्न ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध संशोधन हालेपछि सरिता गिरीलाई समाजवादी पार्टीले स्पष्टीकरण सोधेको थियो।

त्यसपछि उनलाई पार्टीको ह्वीप उल्लं‍घन गरेकोमा पार्टीले पार्टीको सदस्य र सांसद दुवै पदबाट निष्कासन गरेको थियो। गिरीलाई निष्कासन गरेपछि तत्कालीन समाजवादी र राजपाबीच एकीकरणपछि बनेको जनता समाजवादी पार्टी (जसपा) ले आयोगमा समानुपातिक पद्धतिअन्तर्गत निर्वाचित गर्नुपर्ने खस—आर्य समूहको रिक्त महिला सदस्य पदमा लीलादेवी सिटौलाको नाम सिफारिस गरिएको थियो।

सम्बन्धित समाचार

कोरोना संक्रमण बाबुराम भट्टराई र हिसिला यामीलाई

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। त्यसैगरी उनकी पत्नी हिसिला यामीलाई पनि संक्रमइ पुष्टि भएको छ।

भेटेको भनेर किन तर्सिंदैछन् नेताहरु ?

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको छ ।

तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुस्

गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले नि’कटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो- ‘भन्ने एकथरि, गर्ने अर्कोथरि मात्र होइन, मनपरी।’ लामो समयदेखि मन्त्रिमण्डल पु’नर्गठनको र’स्साकस्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई तीन रि’क्त पद मात्र पूर्ति गर्ने मुडमा आफू रहेको बताउँदै आउनुभएको थियो।

ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।

ताजा समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।