Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
नेपाल नक्कली कार्ड बनाएर भारतीय धमाधम नेपाल प्रवेश गर्दै

नक्कली कार्ड बनाएर भारतीय धमाधम नेपाल प्रवेश गर्दै

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu:    कोरोना फैलन नदिन अहिले अन्तराष्ट्रिय सिमा नाका बन्द गरिएको छ । अन्तराष्ट्रिय उडान पनि भदौ १ गते सम्मका लागि बन्द छ । तर नक्कली परिचय पत्र बनाएर भारतीय नागरिक धमाधम नेपाल प्रवेश गरेका कारण सिमानामा कोरोनाको खतरा बढेको छ । भारतमा अहिले कोरोना तिब्र रुपमा फैलिएको छ । भारत कोरोना फैलिने मुलुकमा विश्वको तेस्रो नम्बरमा छ भने एसियामा पहिलो नम्बरमा छ ।

सिमाना बन्द भएको बेलामा भारतीय नागरिकले नक्कली कार्ड बनाएर नेपाल प्रवेश गरेका छन् । यसरी प्रवेश गरेकाहरुलाई प्रहरीले रुपन्देहीको नाकामा नक्कली कार्ड बरामद गरेपछि यो रहस्य खुलेको हो । तर स्थानिय भने प्रहरीसंगकै मिलेमतोमा यस्तो काम भइरहेको भन्दै विरोध जनाएका छन् । क्लियरिगंमा काम गर्ने, भन्सारको एजेन्टका रुपमा उनीहरुले नक्कली कार्ड बनाएका छन् । रुपन्देही नाकामा संकास्पद ब्यक्तिलाई रोकेर खोजतलास गर्दा उनीहरुवाट नक्कली कार्ड फेला परेको हो ।

सीमामा खटिने प्रहरीलाई नक्कली आईडी कार्ड देखाउँदै भारतीयहरु सहजै नेपाल आइरहेका कारण सिमानाका क्षेत्रमा कोरोना खतरा बढेको भन्दै स्थानियले चिन्ता ब्यक्तगरेका छन् । रुपन्देहीको बेलहिया नाकामा यो क्रम तिब्र बढेको स्थानियले बताएका छन् ।

सशस्त्र प्रहरीले नक्कली आईडी कार्ड बनाएर नेपाल प्रवेश गरेका करिब एक सय जनाको कार्ड बरामद गरेको छ । उनीहरुलाई प्रहरीले भारत तर्फ नै फर्काइदिएको छ । नक्कली कार्ड बनाएर नेपाल प्रवेश गर्ने अधिकांश भारतीयहरु भन्सारमा काम गर्ने दलाल छन्। यस्तै, नेपाली बजारमा व्यवसाय गर्ने र तस्करहरुसमेत अधिक छन्। स्थानियले भने प्रहरीले नै प्रवेश दिएका कारण उनीहरु नेपालको भन्सार सम्म आइपुगेको बताएका छन् ।

सम्बन्धित समाचार

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।

१२१ गोरु लैजाँदै गरेको ५ वटा ट्रक नियन्त्रणमा

प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

नेकपा सचिवालय बैठक: प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा

नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिवार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।