Monday, October 26, 2020

Monday, October 26, 2020
नेपाल गुरुयोजनाका नाममा पशुपति क्षेत्रको ‘प्राचीनता’ मास्ने तयारी

गुरुयोजनाका नाममा पशुपति क्षेत्रको ‘प्राचीनता’ मास्ने तयारी

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu:    पशुपति क्षेत्रको बृहत्तर विकासका नाममा तयार गरिएको गुरुयोजना अहिले विवादको घेरामा छ। पशुपति क्षेत्र विकास कोषले तयार पारी सञ्चालक परिषद्ले पारित गरिसकेको गुरुयोजनाले धार्मिक आस्था, पुरातात्विक र साँस्कृतिक महत्वको क्षेत्रको विकासको साटो तिनलाई अवमूल्यन गरेको भन्दै सम्पदाविद तथा सरोकारवालाहरुले गम्भीर आपत्ति जनाएको छ।

गुरुयोजनाविरुद्ध पशुपत्ति क्षेत्रका स्थानीय बासिन्दा तथा सम्पदा संरक्षणको पक्षमा वकालत गर्दै आएकाहरुले विरोध थालेका छन्। उनीहरुका अनुसार पशुपति क्षेत्र विकास कोषले विस्तृत अध्ययन तथा बृहत्तर छलफल नै नगरी हतारोमा गुरुयोजना भनेर ‘अवधारणा’ तयार गरेको र त्यसमा पनि संस्कृति, प्राचीन महत्व र आस्थामाथि ठेस पुग्ने योजना समावेश भएको बताएका छन्।

पशुपति क्षेत्र विकास कोषले भने अध्ययन तथा छलफल गरेर मात्र आफूले गुरुयोजना नै तयार पारेको दाबी गरेको छ। केही समूहले धर्म र संस्कृतिमा विश्वास नराख्ने ‘कम्युनिष्ट’ र पश्चिमाहरुबीचको षडयन्त्रका कारण धर्म–संस्कृतिको जगमा प्रहार हुन लागेको आरोप समेत लगाएका छन्।

एक सय वर्षसम्मका लागि उपायोगी हुने भनी पशुपति पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले पारित गरेको गुरुयोजनामा पाँच–पाँच वर्षका तीन चरण मात्रै छन् । प्रथम चरण २०७७–०८२, दोस्रो चरण २०८२–०८७ र तेस्रो चरण २०८७–०९२ सम्मको छ । कुल १५ वर्षमा ३३ अर्ब खर्च लाग्ने उल्लेख सो गुरुयोजनामा छ ।

गुरुयोजना सञ्चालक परिषदबाट पारित भई मन्त्रिपरिषदमा पठाइएको थियो फागुनमा । सो गुरुयोजना हालै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफलका लागि आएको थियो, सम्पदाविद्ले‌ आपत्ति जनाएपछि संस्कृति तथा पर्यटन मन्त्रालयले स्थानीय सरोकारवालासँग छलफल गर्न आदेश दिएको छ । कोषले अहिले पनि छलफलको क्रम जारी रहेको बताए पनि सरोकारवाला पक्ष विरोध गरिरहेका छन् ।

पशुपति क्षेत्र विकासका कोष सञ्चालक परिषदका पूर्व सदस्य सचिव चेतोनाथ गौतमको संयोजकत्वमा तयार पारिएको गुरुयोजनालाई सम्पदा संरक्षण–सम्बद्र्धनमा लाग्दै आएका अध्येता तथा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा. गोविन्द टण्डनले ‘गुरुयोजना’ नै भन्न नमिल्ने बताएका छन् ।

पछिल्लो पटक २०७०–०७४ सम्म पशुपति क्षेत्र विकासका कोषका सदस्य सचिवको जिम्मेवारी सम्हालेका डा. टण्डनले भने, ‘यसमा पशुपति क्षेत्रको मूर्त–अमूर्त सम्पदाको संरक्षण, प्राचिन परम्पराको संरक्षणसहित थप बिस्तार तथा विकासका लागि भन्दा पनि भएका संरचना एवम् आस्थामाथि प्रहार गर्ने उद्देश्य देखिन्छ।’

डा. टण्डनले भने, ‘यो त केही लाखको लागतमा तयार पारिएको निबन्ध मात्रै हो। गुरुयोजना यस्तो हुँदैन । गरिने छ, हुनेछ भन्ने हुँदैन । गुरुयोजनामा त के गर्ने स्पष्ट खाका हुन्छ । नाप नक्सा हुन्छ । विस्तृत योजना प्रतिवदेनसहित आउँछ गुरुयोजना । त्यसमाथि एक व्यक्तिको संयोजकत्वमा तयार पारिएकोलाई कुनै पनि हालतमा गुरुयोजना मान्न सकिँदैन ।’

डा. टण्डनले पशुपति क्षेत्रको साँस्कृतिक पक्षमा विद्यावारिधि गरेका छन्। उनले भने, ‘गुरुयोजनाको अवधारणा २०५८ सालमा आएको थियो । २०५३ सालमा तयार पारी २०५६ सालमा सरकारबाट स्वीकृति भएको थियो त्यो । त्यसको समीक्षा नै नगरी अर्को अवधारणा आएको छ । अहिलेको चरण अवधारणा बनाउने होइन । अहिले त भू–उपयोगसहितको संरचनागत विकासको विस्तृत खाका र नक्सासहितको योजना आउनु पर्ने अवस्था हो ।’

पशुपति क्षेत्रको साँस्कृतिक पक्षका जानकार तथा बागमती प्रदेशका प्रदेशसभा सदस्य (काठमाडौँ क्षेत्र नम्बर ४ (क)) नरोत्तम वैज्ञले पनि पशुपति क्षेत्र विकास कोषले अहिले तयार पारेको गुरुयोजनालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । उनले भने, ‘अहिलेको खाका त निबन्ध जस्तो छ । गुरुयोजना त बिस्तृत आउनु पर्छ ।’

‘प्राचीन कालदेखि बस्दै आएको बस्तीलाई हटाएर अनि, हिन्दुहरुको आस्थामाथि प्रहार गरेर पशुपति क्षेत्रको विकास हुन सक्दैन’, उनले भने, ‘साँस्कृतिक–धार्मिक तथा पुरातात्विक क्षेत्रको विकासको गुरुयोजनाले भएका संरचना हटाउने होइन त्यसको संरक्षण र सम्वर्द्धन गरी प्राचिनतालाई थप बिस्तार गर्ने गरी समय अनुसारका आवश्यकताहरुलाई समावेश गर्नु पर्छ । कोषले यसको ठीक उल्टो बाटो हिँड्न खोजेको छ ।’

स्थानीय, प्रादेशिक तथा संघीय तहमा छलफल भइ सबैको एक मत भएर आउनु पर्ने गुरुयोजना सीमित र निहित मान्यता बोकेका व्यक्तिको संलग्नतामा निबन्ध जस्तो आएको उनले बताए ।

तर पशुपति क्षेत्र विकास कोषका प्रवक्ता भोला सिटौलाले भने सबै पक्षसँग छलफल गरेर गुरुयोजना तयार पारिएको दाबी गरे । प्राविधिक पक्ष थप्दै जाने र छलफललाई निरन्तरता दिने अवधारणामा नै उल्लेख गरेको उनले बताए । यसैगरी अहिले विवादित बनेको गुरुयोजनाका संयोजक चेतोनाथ गौतमले पनि आफूले सबै पक्षसँगको परामर्शमा गुरुयोजना तयार पारेको दाबी गरेका छन् ।

सिटौला र गौतमले सम्बन्धित सरोकारवालासँग परामर्श गरेको दाबी गरे पनि विश्व सम्पदा सूचिमा सूचिकृत क्षेत्रको गुरुयोजना बनाउँदा पुरातत्व विभाग, युनेस्कोसहितसँग बृहत छलफल हुनु पर्नेमा त्यसो भएको छैन । पुरातत्व विभागले गुरुयोजना तयार पार्दा आफूसँग परामर्श नगरिएकोमा गुनासो गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मंगलबार पशुपति क्षेत्रको विवादित गुरुयोजना सम्बन्धमा भएको छलफलमा विभागका प्रतिनिधिले आफूहरुसँग छलफल तथा परामर्श नभएको र यस्तो गर्न नहुने बताए । लिखित रुपमा माग गर्दा पनि अहिलेसम्म गुरुयोजनाको कपी समेत आफूहरुले नपाएको पुरातत्व विभागले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..