Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाल काठमाडौंमै बच्चाहरूले चउरमा खेल्न गएको बेला यस्तो अवस्थामा फेला पारे यी क्युट नानु

काठमाडौंमै बच्चाहरूले चउरमा खेल्न गएको बेला यस्तो अवस्थामा फेला पारे यी क्युट नानु

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: नेपालमा अहिले क्षणिक लाभ लिनेदेखि लिएर कच्चा उमेरमा हुने अवैध सम्बन्धका कारण गर्भ फाल्नेहरुको संख्या बढ्दैछ । समाजको डरका कारण मान्छेहरु विशेष गरेर भर्खरका युवतीहरुले यस्तो खालको समस्या भोग्दै आएका छन् । यो बीचमा सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा देखिएको एक दृश्यले पनि यो खुलासा भएको छ ।

हिजो ‘केयर बाल गृह’ मा बस्ने बालबालिकाहरूले चउरमा साँझ खेल्न गएको बेला केही अनौठो कुरा देखेका थिए । बच्चाहरुले छेउको झाडीमा एउटा बक्सा फालेको देखे ।जब उक्त बक्सा खोलियो तब भित्र न्यानो कपडाले शरीर पूरै बेरिएको बच्चा थियो । घरमा ओछ्यानमै पल्टिए जसरी बच्चा हाई हाई गरिरहेको देखिन्थ्यो ।

कार्टुनभित्र बच्चा देखेपछि केटाकेटी आश्चर्य मान्दै हेर्न थाले । उनीहरूले ती बालिकाको तस्बिर र भिडियोसमेत खिच्न भ्याएका छन् । भिडियोमा उनीहरुले ‘हाम्रो घरमा लगम् न दिदी प्लिज ।कस्तो क्युट छ हामीलाई मनपर्‍यो । हाम्रो बहिनी बनाउने नि प्लिज !’ त्यतिन्जेल बालिकासँग गएकी निष्मा बोहोराले ‘मामु’लाई खबर गरिसकेकी थिइन् । उनीहरूकी ‘मामु’ पुष्पा अधिकारी हुन् । लामो समयदेखि पुष्पाले ‘केयर बाल गृह’ मा १५ बालिका र एक बालकको हेरचाह गर्दै आएकी छिन् ।

फोनपछि पुष्पा पनि चौरमा पुगिन् । उनी पुग्दा ६ बजेको थियो । उनका अनुसार त्यो बच्चालाई दिउँसै ल्याएर छाडेको हुनुपर्छ । उनले कसैले पाल्न नसकेर नै यसरी छाडेको बताउँदै म लगेर पाल्छु भनेर घरमा ल्याएँकी हुन् । उनले बच्ची भेटिएको र आफूले पाल्न लागेको प्रहरीलाई पनि खबर गरिन् ।

घरमा ल्याइसकेपछि उनले ती बालिकाको नाम प्राप्तिका अधिकारी राखेकी छिन् । महानगरीय प्रहरी प्रभाग, कपनले बच्चा कसको हो भन्ने खोजी गर्न थालेको छ । बाल गृहकी सञ्चालक अधिकारीले कुनै परिवारले दाबी गरे उनीहरूसँग भएका कागजात हेरेर बच्चा प्रमाणित भए फिर्ता गरिदिने बताएकी छिन् ।

सम्बन्धित समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

कोरोना ब्रिफिङ अब सातामा दुई दिन मात्रै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताए।

ताजा समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।