Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाल बिहे गरि अमेरिका लैजाने भन्दै केटाहरुलाई दुई युवतीले यतिसम्म गरेको खुलासा

बिहे गरि अमेरिका लैजाने भन्दै केटाहरुलाई दुई युवतीले यतिसम्म गरेको खुलासा

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: गम्भीर घटनामा संलग्न भएको भन्दै दुई युवतीलाई पक्राउ गरिएको छ । उनीहरुले आफूहरुलाई डिभी परेको र बिहे गरेर अमेरिका लैजाने आश्वासन दिई ठगी गरेको खुल्न आएको छ । महानगरीय अप राध महाशाखाको टोलीले शुक्रबार बाग्लुङ काठे गाउँपालिका–२

घर भइ भक्तपुर बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई नियन्त्रणमा लिएको हो । उनीहरूले विभिन्न व्यक्तिहरूलाई फेसबुक, टिकटक मार्फत फलो गर्ने र बिहे गरेर अमेरिकाको क्यालिफोर्निया लैजान्छु भन्दै करिब ६ लाख ६० हजार

ठगी गरेको महाशाखाले जानकारी दिएको छ । ठगी गरेर उनीहरू रूपन्देहीको बुटवल क्षेत्रमा लुकिछिपी बसेका थिए । थप कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी वृत्त, ठिमीमा पठाएको छ । महाशाखको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले

विभिन्न सञ्चार माध्ययममा युवाहरूलाई फलो गर्ने र ‘म तपाईको फ्यान हो’ भन्दै रिक्वेस्ट एसेप्ट गर्न बाध्य बनाउँदै आएका थिए । कोपिला शर्माले आफू अमेरिकाको डिभी होल्डर भएको र अहिले लकडाउनका कारण नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै

आएको बताउदै आएकी थिइन् । त्यही स्टोर सञ्चालन गर्न पैसाको आवश्यक परेको र पार्टनर बनाउने भनी पटक पटक गरी ५ लाख ठगी गरेकी थिइन् । उनीहरूले यो तरिकाबाट थप एक लाख ६० हजार समेत ठगेको प्रहरीले जनाएको छ । उनीहरुले यो भन्दा पनि धेरै ठगेको हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

ताजा समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।