Sunday, October 25, 2020

Sunday, October 25, 2020
अन्तर्राष्ट्रिय दक्षिण कोरियामा कोरोना सङ्क्रमित बढे

दक्षिण कोरियामा कोरोना सङ्क्रमित बढे

Published:

On: Nepal

Nepal Online Patrika: दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढ्न थालेका छन् । पछिल्लो समयमा यहाँका सङ्क्रमितहरु बढ्न थालेको देखिएको बताइएको छ । यहाँका सरकारी अधिकरीहरुले सोलमा पछिल्लो महिना संङ्क्रमित हुनेहरुको संख्या बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारमा पछिल्लो २४ घण्टामा यहाँ थप ४८ जनामा कोरोना भेटिएको बताइएको छ । बुधबार बिहान सो जानकारी दिइएको हो । योसँगै यहाँका सङ्क्रमितहरुको संख्या १४ हजार २५१ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन ३० जना भन्दा कमै मात्र सङ्क्रमित थपिने गरेको भए पनि गएका केही दिन यता भने त्यसमा बृद्धि भएको र सङ्क्रमितहरु थपिएका बताइएको हो ।

उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा थपिएका ४८ जना सङ्क्रमितमध्ये २९ जना त विदेशबाट आएका नारिक हुन् । पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि सङ्क्रमणबाट ज्यान जानेको संख्या ३०० जना पुगेको बताइएको छ । यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ ।

यहाँ निकै थोरै संख्यामा मात्र सङ्क्रमितहरु रहेका थिए र यहाँको मृत्यु दर पनि २.११ प्रतिशत मात्र रहेको थियो । यहाँका १३ हजार भन्दा बढी नागरिक निको भएर घर फर्किएका छन् । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा निको हुने व्यक्तिको संख्या ९१ प्रतिशत भन्दा बढी भएको बताएका छन् ।

दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको छ । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्रमितहरुको संख्या बढ्दै गएको देखिएको भए पनि उनीहरु विदेशबाट आएका बढी रहेको बताइएको छ ।

दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो । त्यसयता आजसम्ममा यहाँको सरकारले करिब १५ लाखभन्दा बढी व्यक्तिको परीक्षण गरेको जनाएको छ ।

सम्बन्धित समाचार

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।

नेहा कक्करले गरिन् विवाह, रिसेप्सन पार्टी अक्टोबर २६ मा

भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्।

नाम चलेको यी २ अभिनेत्री होटलबाट प’क्राउ

कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।

पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण, १३ जनाको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ५५ हजार २३३ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

ताजा समाचार

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।