Friday, September 25, 2020

Friday, September 25, 2020
नेपाल ४ महिना लामो लकडाउनपछि आजदेखि होटल सञ्चालनमा आउँदै

४ महिना लामो लकडाउनपछि आजदेखि होटल सञ्चालनमा आउँदै

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: ४ महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड-१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् ।

सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला छ भन्ने सन्देश दिने उद्देश्यसहित होटल सञ्चालन हुन लागेको होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए ।

होटल सञ्चालनमा ल्याए पनि यो अवस्थामा ठूलो सङ्ख्यामा पर्यटक आउने देखिँदैन, उनले भने, यद्यपि सरकारले अनुमति दिएको अवस्थामा नेपालको होटल बन्द छैन भन्ने सन्देश राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा दिन पनि सञ्चालन गर्दैछौँ ।

बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्ने भएका छन् । होटल सञ्चालनमा ठूलो खर्च लाग्ने तर त्यस अनुसार ग्राहकको सम्भावना नभएकाले सबै सेवा दिएर सञ्चालनमा ल्याउन समस्या हुने व्यवसायीको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखिएको छ ।

सम्बन्धित समाचार

समाजमा हुने जघन्य अपराधमा सरकार किन मुकदर्शक हुन्छ ?

दोलखामा बोल्न नसक्ने एक जना किशोरी (अपांगता भएकी)माथि बलात्कार भयो। बलात्कार गर्नेको पहिचान हुन सकेन। उनी बोल्न सक्दिनन्। २०७४ सालमा गर्भ रहेपछि आवाज नेपाल दोलखाकी सिर्जना कार्कीले संरक्षण गरेर राखिन्।

जब श्रीमानलाई घर मै काम गर्ने श्रीमतीले मेरो कमाई भन्दै १० करोड रुपैयाँ दिइन, काम थाहा पाउँदा सबै चकित

अली र महनूर अल्वी, नेपालको प्रदेश ३ निवासी हुन् । उनीहरु २००४ देखि एक अर्का अनुबन्धित थिए । त्यही साल उनीहरुबीच विवाह भयो ।

आप्रवासनको क्षेत्रमा सुरक्षित नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

स्विट्जरल्याण्डकी राष्ट्रपति सिमोनेता सोमारुगाले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन् ।

बत्ति किन झ्याप्प झ्याप्प जाँदैछ ? प्राधिकरणले दियो यस्तो स्पष्टीकरण

नेपाल विद्युत प्राधिकरण प्रमुखबाट ४ बर्षे कार्यकाल सकाएर कुलमान घिसिङ विदाई भएसँगै जनताले बत्ति जान थालेको भन्दै गुनासो गरेका छन् ।धेरैले कुलमान घिसिङ नहुनाले झ्याप्प झ्याप्प बत्ती जाने गरेको समेत टिप्पणी गर्दै आएका छन् ।

ताजा समाचार

‘ओली राजमा जनताबाट निर्वाचित जेलमा, पराजित संसदमा हुँदो रहेछ’

नेपालका प्रमुख राजनीतिक दलभित्र आन्तरिक शक्ति सन्तुलनको विषयमा कचिङ्गल भइरहेको छ ।

X