Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाल आ–आफ्नै रणनीतिमा ओली र दाहाल

आ–आफ्नै रणनीतिमा ओली र दाहाल

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद बढ्दै गइरहेकै बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै रणनीतिमा लागेका छन् ।

विवाद समाधानका लागि छलफल हुनुपर्नेमा ओली र दाहालबीच संवाद हुन सकिरहेको छैन । गत मंगलबारदेखि अनिश्चित बनेको नेकपा स्थायी कमिटी बैठक ‘कहिले बस्ने ?’ भन्ने विषयमा ओली र दाहालले छलफल गरेका छैनन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ अध्यक्षद्वयको छलफलमा स्थायी कमिटी बैठक मिति तोकिने बताउ“छन । दुबैले छिट्टै छलफल गरेर विवाद समाधानका लागि निकास दिने उनको विश्वास छ ।

एक स्थायी कमिटी सदस्यका अनुसार ओली र दाहाल आ–आफ्नै रणनीतिमा लागेका छन् । नेकपामा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि विवाद सुरु भएको हो ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायत नेताले ओलीको राजीनामा माग गर्दै आएका छन् । तर, ओलीले कुनै पनि पदबाट राजीनामा नदिने अडानमा छन् ।

‘दुबै अध्यक्ष विवाद समाधानका लागि संवाद गर्नुपर्नेमा आ–आफ्नै रणनीति निर्माणमा लागेका छन्, आफ्नो पक्षमा बहुमत जुटाउने कसर भइरहेको छ,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘आफ्नो अडानबाट एक कदम पछाडि फर्केर सहमति खोज्नुको विकल्प छैन ।’

गत १० असारदेखि जारी स्थायी कमिटी बैठकले पनि कुनै निकास दिन सकेको छैन । मंगलबारदेखि बैठक नै अनिश्चित बनेको छ । बैठक स्थगित गरिए पनि निकास खोज्न शीर्षनेताले चासै नदिएको आरोपसमेत लाग्न थालेको छ ।

केन्द्रीय कमिटी बैठक माग
यसैबीच, नेकपाका १ सय ५२ केद्रीय सदस्यले बैठक माग गर्दै हस्ताक्षर बुझाएका छन् । नेकपा विवाद पेचिलो बन्दै गइरहेकै बेला केन्द्रीय कमिटी बैठक बस्नुपर्ने माग गरेका उनीहरूले पार्टी महासचिव विष्णु पौडेललाई पत्र बुझाउन खोजे पनि कार्यालयमा नभएकाले कास श्रीराम ढकाललाई हस्ताक्षरसहितको पत्र बुझाएका छन् ।

स्थायी कमिटीले पार्टीभित्र देखापरेका समस्या, विवाद निकास दिन नसकेको भन्दै केन्द्रीय कमिटीबाटै छलफल हुनुपर्ने अडान उनीहरूको छ । नेकपा विधानको धारा ५९ (४) अनुसार कमिटीका २५ प्रतिशत सदस्यले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटी बैठक एक महिनाभित्र र मातहत कमिटी बैठक १५ दिनभित्र बोलाउनुपर्नेछ । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा बैठक बोलाउन १ सय १० सदस्यको हस्ताक्षर आवश्यक पर्छ ।

नेकपा केन्द्रीय कमिटी बैठक गत १५ देखि १९ माघमा बसेको थियो । विधानको धारा ५९ (१) अनुसार केन्द्रीय कमिटी बैठक ६–६ महिनामा बस्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

ताजा समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।