Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाली कांग्रेस नेवि संघको तदर्थ समितिले अझै पाएन पूर्णता

नेवि संघको तदर्थ समितिले अझै पाएन पूर्णता

Published:

On: Nepal

Nepal Online Patrika: नेपाली कांग्रेस विद्यार्थी संगठन नेवि संघको तदर्थ समितिले ६ महीना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन। गएको १ फागुन २०७६ मा कांग्रेसले ६ महीनाभित्र महाधिवेशन गर्नेगरी राजीव ढुङ्गानाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो।

२०७३ साउनमा सम्पन्न संघको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले १२औँ निर्वाचन गर्न नसकेपछि २०७५ माघमा राजीनामा दिएका थिए।

उनको राजिनामासँगै संघको विधानअनुसार ३२ वर्ष कम उमेरको व्यक्तिलाई अध्यक्ष बनाउने अथवा बढी उमेरकालाई बनाउने भन्ने विवाद जारी रहेको रह्यो। करिव १३ महीनापछि ३२ वर्ष बढी उमेरका ढुङ्गानाको अध्यक्षतामा नेवि संघ गठन भएको थियो।

समितिमा हाल अध्यक्ष ढुङ्गाना, उपाध्यक्ष तुलसा पन्त र मुक्ति पौडेल, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, प्रभात दाहाल, मनोज वैद्य, महेश्वरी कुँवर, बलदेव तिमिल्सेना र युवराज पाण्डे छन्।

संघका पूर्व केन्द्रीय सदस्य लीलावल्लभ दाहाल पार्टी नेतृत्व भ्रातृ संस्थाको समयमा अधिवेशन गरेर पार्टी चलायमान बनाउनुको साटो आन्तरिक झगडा र गुठगत भेलामा लागेकाले त्यसको असर नेवि संघमा परेको बताउँछन्।

सम्बन्धित समाचार

कांग्रेस नेत्री महिलाको मृ’त्यु बसको ठ’क्करबाट

बसको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको लम्की–चुहा नगरपालिका वडा नम्बर ९ की ३५ वर्षिया भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएको हो।

मध्यपश्चिम विश्वविद्यालयबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई रिहा गर्न नेविसंघको माग

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रनतृ गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मध्य पश्चिम विश्वविद्यालयबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

निःशुल्क मास्क बाँडेर सरकारको विरोध !

पछिल्लो समय केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणबाट जोगिन साबुन पानीले बेलाबेलामा हात धुने र मास्क अनिवार्य लगाउनुपर्छ ।

कांग्रेस नेता गुरुङको प्रश्न : सरकार जनताको सेवक हो कि पीडक?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले सरकारले पीसीआर परीक्षणमा विभेद गरेको आरोप लगाएका छन्।

ताजा समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।