Thursday, October 29, 2020

Thursday, October 29, 2020
स्वास्थ्य भान्सामा औषधी : यी ५ खानेकुरा, जसले गर्छ पेनकिलरको काम

भान्सामा औषधी : यी ५ खानेकुरा, जसले गर्छ पेनकिलरको काम

Published:

On: Nepal

Nepal Online Patrika: टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो चोटि जिम गरेर शरीरका मांशपेसी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइहरू हुँदा अधिकांशले पेनकिलर औषधीको प्रयोग गर्छन्।

यो कुरा जान्नुहोस् कि, त्यस्ता पेनकिलर औषधीहरूले तपाईँको दुखाइ त कम गर्छ, साथसाथै त्यसले विशेष गरी तपाईँको कलेजोलाई सबैभन्दा बढि असर गर्दछ।

त्यसैले पेनकिलर औषधीको अत्याधिक सेवन गर्नुभन्दा निम्न प्रकारका स्वस्थ वर्द्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस्। यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ।

– जौ:
म्याग्नेसियमले भरिएको यो जौले महिलाहरूको महिनावारीमा हुने दुखाइलाई कम गर्दछ भने रक्तस्राव भएकोलाई पनि धेरै राहत दिन्छ। जौ मा जिङ्क पनि पाइन्छ जसले महिनावारी भएको बेलामा सङ्क्रमण हुनबाट बचाउँछ।

– अङ्गुर:

ढाड दुख्ने समस्याले सताइरहेको छ भने अङ्गुर खाने बानी बसाल्नुहोस्। यसमा मेरुदण्ड र ढाडमा रक्तसञ्चार गराउने पौष्टिक तत्व पाइन्छ, जसले ढाडको दुखाइलाई कम गराउँदछ।

– चेरी:

यो सानो, गुलियो अनि मिठो फलले हाम्रो मांशपेसीलाई मर्मत गर्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले जिम गरेर आएपछि अथवा कुनै भारी काम गरेर आएपछि चेरी वा चेरीको जुस पिउनु सबैभन्दा उचित हुन्छ। साथै यो प्राकृतिक फलले कुनै नकारात्मक साइडइफेक्ट पनि गर्दैन।

– लसून:

शताब्दीऔँ देखि नै लसूनलाई आयुर्वेदिक औषधी मानिँदै आएको छ। फेरि यसले पेनकिलरको काम गर्ने कुरा पनि अनुसन्धानबाट पत्ता लागेको छ। छालामा आएको खटिरामा लसून पिसेर लगाउँदा राहत मिल्दछ भने थोरै तेलमा लसूनलाई फ्राइ गरेर दुखेको हाडजोर्नीमा लगाउँदा पनि धेरै आराम मिल्दछ।

– अदुवा:

आयुर्वेदका अनुसार, दैनिक खानामा अदुवा मिसाएर खाँदा यसले मांशपेसी तथा जोर्नी दुख्ने समस्यामा कम गर्दछ। वैज्ञानिक अनुसन्धानबाट पनि यसले सुन्निएको अनि दुखेको ठाउँको लागि राहत पुर्याउने पत्ता लागेको छ।

सम्बन्धित समाचार

कोरोना ब्रिफिङ अब सातामा दुई दिन मात्रै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताए।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण, १३ जनाको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ५५ हजार २३३ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

रु’घा खो’कीको औ’षधि घरकै भा’न्सामा सहजै उपलब्ध हुन्छ। यसरी प्र’योग गर्नुहोस्

अहिले रु’घाखोकी लाग्नसाथ धेरैको मनमा आ’शंका पैदा हुन्छ, कतै को’रोनाको कारण त होइन ।

ताजा समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।