Friday, October 23, 2020

Friday, October 23, 2020
शिक्षा विद्यालय नखुलेपछि टोलटोलमा पठनपाठन

विद्यालय नखुलेपछि टोलटोलमा पठनपाठन

Published:

On: Nepal

Nepal Online Patrika: कोरोना संक्रमणको महामारी फैलिएपछि अहिलेसम्म विद्यालयमा पठनपाठन ठप्प छ । झण्डै ४ महिना बित्दासमेत विद्यालय संचालन हुन नसक्दा अभिभावक बालवालिकाहरुको पढाइप्रति चिन्तित छन् ।
विद्यालय जान छोडेसँगै बालवालिकाहरुको पढाइप्रतिको रुचि घट्न थालेपछि अविभावक चिन्तित बनेका छन् । अधिकांश विद्यालयहरुमा क्वारेन्टाइन निर्माण गरिएकोले लकडाउन खुल्ला भए पनि नियमित पठनपाठन अगाडि बढाउन अझै समय लाग्ने देखिन्छ । यसरी विद्यालय तत्काल खुल्ने नदेखिएपछि यहाँका कतिपय विद्यालयहरुले पठनपाठनको नयाँ शैली अपनाएका छन् ।

मल्लरानी गाउँपालिका र स्वर्गद्वारी नगरपालिका अन्तरगतका कतिपय विद्यालयहरुले टोलटोलमा विद्यार्थी जम्मा गरेर विद्यार्थीलाई सहजीकरण तथा गृहकार्य दिन थालेका हुन । कोरोना संक्रमणका कारण शैक्षिक क्षेत्रमा परेको प्रभाववाट बालवालिकाको शैक्षिक सिकाइलाई कमी हुन नदिन शिक्षकहरु टोलटोलमा खटिँदै आएकोे मल्लरानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिनामणी पौडेलले बताए ।
“प्रअ बैठकबाट शिक्षकहरुको आलोपालोमा टोलटोलमा गई विद्यार्थीलाई सहजिकरण गर्ने निर्णय गरिएको हो,” पौडेलले भने, “आवश्यक सतर्कताका साथ विद्यार्थीहरुलाई शिक्षकले सहजीकरण गर्दै आउनुभएको छ ।” टोलटोलमा विद्यार्थीहरु जम्मा गरी गृहकार्य र पठनपाठनमा विद्यालय शिक्षकले सहजिकरण गर्दै आएको उनले जानकारी दिए ।
विद्यालय सेवा क्षेत्र अन्तरगत तीन टोलहरुमा विद्यार्थीलाई सहजीकरण गर्दै आएको भैरवनाथ प्राथमिक विद्यालय पाण्डे डाँडाका प्रधानाध्यापक मधुसुदन खड्काले बताए । “हप्ताको चार दिन सवै विषय शिक्षकहरु आलोपालो गरी टोलटोलमा पुग्छौं,” खड्काले भने, “अविभावक समेत उत्साहित हुनुहुन्छ ।” दैनिक दुई तीन घण्टा सम्म समय दिएर बालवालिकाहरुलाई सिकाई अभिवृद्धि तथा गृहकार्य दिने काम गर्दै आएको उनले बताए ।
कक्षागत रुपमा पालैपालो टोल अनुसार विद्यार्थीलाई उपस्थित गराएर सहजीकरण गर्दै आएको स्वर्गद्धारी नगरपालिका–४ छेडापोखरा प्राविका विद्यालय प्रअ सृजना पण्डितले बताइन् । “स्वास्थ्य सतर्कतालाई ध्यान दिँदै विद्यार्थीलाई सहजिकरण गर्दै आएका छौं,” पण्डितले भनिन्, “समूह–समूहमा विद्यार्थीहरुलाई बोलाएर गृहकार्य दिने र आवश्यक सहजीकरण गर्ने काम गर्दै आएका छौं ।”

सम्बन्धित समाचार

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि – परिक्षा तालिका

कक्षा १२ को परिक्षा आउँदो मंसिर ९ गतेदेखि हुने भएको छ।गत वैशाख ८ गतेदेखि हुने गरी तय भएको परिक्षा कोरोना महामारीका कारण आठ महिनापछि हुन लागेको हो।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

यो वर्ष परीक्षा नहुने, मूल्यांकनबाटै विद्यार्थी उत्तीर्णको व्यवस्था

कोरोना महामारीका कारण यो वर्ष वैकल्पिक माध्यमबाट अध्ययनअध्यापन भइरहेको छ। अनलाइन, रेडियो, टेलिभिजन, स्वाध्याय सामग्रीमार्फत पठन पाठन भइरहेको छ।

स्नातक/ स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे अनलाइन अभिमुखीकरण

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले वैकल्पिक विधिबाट सञ्चालन गर्न लागेको स्नातक/स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे मङ्गलबार ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक र कर्मचारीहरूबीच अनलाइन अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X