Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
राजनीति कुनैपनि हालतमा एमसीसी पास गर्नुपर्ने बाध्यता छ: अर्थमन्त्री खतिवडा

कुनैपनि हालतमा एमसीसी पास गर्नुपर्ने बाध्यता छ: अर्थमन्त्री खतिवडा

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: अर्थमन्त्री डा.युवराज खतिवडाले सरकार अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले अन्तर्राष्ट्रिय समुदायसंगको सम्बन्ध र कुटनीतिक विश्वासका लागि पनि कुनै हालतमा एमसीसी पास गर्नुपर्ने अवस्थामा रहेको बताउनुभएको छ । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा खतिवडाले सरकारको समृद्धिको सपना साकार पार्न

एमसीसी लगायतका वैदेशिक अनुदान सहयोग स्वीकार्नुपर्ने बाध्यतामा भएको बताउनुभयो । मन्त्री खतिवडाले एमसीसी अनुमोदनको विषय संसदमा विचाराधीन रहेकाले एमसीए नेपाल अन्तर्गतको काम प्रभावित भएको बताउनुभयो । सरकारले अहिले आफ्नो तर्फबाट स्थानीय आवश्यक खर्च गरिरहेको बताउँदै दाताले दिने रकमको टुंगो नलगाए नेपाल सरकार नै

बढी फस्ने र एकतर्फी भारमा पर्ने अवस्था भएको बताउनुभयो । एमसीसी अनुमोदन नगर्दा सरकारको संस्थागत दायित्व र कुटनीतिक विश्वासमा असर पर्ने बताउँदै अन्तर्राष्ट्रिय समुदायमा विश्वास कायम गर्न पनि यसअघिको सरकारले गरेको प्रतिबद्धतालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । संसदमा विचाराधीन विषय भएकाले अनुमोदन गर्ने नगर्ने विषयमा चाँडो

निर्णय गरी अगाडी बढ्नुपर्ने बताउँदै अर्थमन्त्री खतिवडाले एमसीसी अनुमोदन नभए प्रस्तावित आयोजना सरकारले अन्य स्रोतबाट अगाडि बढाउने बताउनुभयो । एमसीसी परियोजनाको सहयोगमा सरकारले लप्सीफेदी-रातामाटे-हेटौंडा ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माणको योजना अगाडी बढाएको छ । आफ्नै स्रोतबाट निर्माण निर्माण सुरु गरिएका

आयोजनामा स्रोत जुटाउन कठिन भएकाले समस्या भएको बताउँदै अर्थमन्त्री खतिवडाले दातृ निकायले लागत उठ्न लामो समय लाग्ने आयोजनामा लगानी नगर्ने बताउनुभयो । मन्त्री खतिवडाले विदेशी सहायतामा निर्भर रहेका आयोजनाहरुमा उनीहरुले राख्ने गरेका सर्तका कारण समस्या हुने गरेको स्वीकार्नुभयो|

सम्बन्धित समाचार

ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।

के नेपालसरकार कालापानी लिपुलेक र लिम्पियाधुरा फिर्ता लिना पछि हटेको हो ? किन खुसी मनाउँदैछ भारत ?

कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने र भारतको निकट रहन चाहेको विश्लेषण गरेका छन् ।

अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक केही गरिँदैन

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च राज्यले नबेहोर्ने सरकारको पछिल्लो निर्णयको कडा शब्दमा आलोचना गरेका छन्।

सरकारले हात उठायो महामारी बल्ल सुरु भएको बेला

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भित्रिएको नौ महिना भयो । चीनको वुहानबाट फर्किएका नेपाली विद्यार्थीमा माघ ९ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । दोस्रो केस चैत १० मा देखियो ।

ताजा समाचार

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।
X