Thursday, October 29, 2020

Thursday, October 29, 2020
कोरोना भाइरस वीरगन्जमा कोरोनाबाट थप तीन जनाको मृ'त्यु

वीरगन्जमा कोरोनाबाट थप तीन जनाको मृ’त्यु

Published:

On: Nepal

Nepal Online Patrika: पर्साको चोर्नीस्थित जगदम्बा ईन्टरप्राईजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोना संक्रमणका काराण विहिबार राति निधन भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीमा रहेको जगदम्बा ईन्टरप्राईजेजका ५६ बर्षिय प्रमुख कार्यकारी अधिकृतको राति साढे ११ बजे वीरगन्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको हो ।

भारत घर भएका उनी मुटुरोगबाट पीडित रहेको अस्पतालले जनाएको छ । साउन ७ गते अस्पताल भर्ना गरिएका उनलाई बिहिवार दिउँसो देखि रोगले बढी च्यापेको थियो । शरिरमा अक्सिजनको मात्रा कम हुँदै गए पछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उनको मृत्यु भएको गण्डक कोभिड अस्पतालका डा.निरज कुमार सिंहले बताए । उनको शव अस्पताल मैं राखिएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट वीरगन्जमा बिहिवार ३५ र ६५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

वीरगन्ज वडा नम्बर १६ नगवाका ३५ वर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो तथा स्वासप्रस्वासका रोगी उनलाई मंगलवार अस्पताल भर्ना गरिएको थियो । उनको उपचार कै क्रममा बिहिवार साँझ मृत्यु भएको डा.निरज कुमार सिंहले बताए । उनको पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख डा. मदन उपाध्यायले बताए । यस्तै वीरगन्जमा घर मैं मृत्यु भएका थप एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्ज वडा नम्बर २ छपकैंयाका ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालले उनको बिहिवार स्वाब संकलन गरेको थियो । उनको पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै बिरगंजमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

त्यस्तै बिहिवार पर्सा, बारा र रौतहटमा ८ महिला सहिँत १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा कार्यरत दुई जना नर्स र एक जना सरसफाईकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन महिना यता पर्सामा मात्रै ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट छिमेकी जिल्ला बाराका दुई तथा रौतहटका एक जनाको पनि वीरगन्ज मैं मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

कोरोना ब्रिफिङ अब सातामा दुई दिन मात्रै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताए।

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

ताजा समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।