Thursday, October 22, 2020

Thursday, October 22, 2020
अन्तर्राष्ट्रिय न्युक्यासल किन्ने प्रकियाबाट साउदी पछि हट्यो

न्युक्यासल किन्ने प्रकियाबाट साउदी पछि हट्यो

Published:

On: Nepal

Nepal Online Patrika: साउदी अरेबियाको सार्वभौम धन कोषले इंग्लिस प्रिमियर लिगको न्युक्यासल युनाइटेड खरिद गर्ने प्रक्रियाबाट पछि हटेको छ । साउदीका राजकुमार महमद बिन सलमान प्रमुख रहेको सार्वजनिक लगानी कोष (पीआईएफ) सहित पीसीपी क्यापिटल पार्टनर र रूबेन ब्रदर्श न्युक्यासल खरिद गर्ने प्रक्रियाबाट पछि हटेको हो ।

पीआईएफ, पीसीपी र रूबेन ब्रदर्शले बिहीबार एक विज्ञप्ति जारी गर्दै खरिद प्रकिया फिर्ता लिइएको जानकारी गराएका छन् । ‘न्युक्यासल समुदाय र यस क्लबको महत्वको लागि गहिरो कदर गर्दै न्युक्यासल युनाइटेड खरिद प्रक्रियाबाट हामी फिर्ता हुने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

टेलिभिजन कम्पनी बिइन स्पोर्ट्स र एम्नेस्टी इन्टरनेसनलले प्रिमियर लिगलाई साउदीको खरिद प्रक्रियालाई स्वीकृति नदिन चेतावनी दिएका थिए । त्यसैले पनि साउदी न्युक्यासल खरिद प्रक्रियाबाट पछि हटेको हुनसक्ने अनुमान गरिएको छ । साउदीलाई पछिल्लो समय ‘स्पोर्ट्सवासिङ’ गरेको आरोप लाग्दै आएको छ ।

स्पोर्ट्सवासिङ भन्नाले कुनैपनि संस्थाले खेलकुदको प्रतियोगिता अथवा टोली खरिद गरेर आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन खोज्नु हो । यद्यपि साउदीका राजकुमार अब्दुलअजिज बिन तुर्की अल फैसलले यस आरोपको खण्डन गरेका थिए ।

साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युक्यासलको स्वामित्व खरिद गर्न क्लबका मालिक माइक एस्लीसँग सम्झौता गरिसकेको सञ्चारमाध्यममा छाएको थियो । साउदीको लगानीसँगै ट्रान्सफर बजारमा न्युक्यासल आक्रामक रुपमा आउने तयारीमा थियो ।

सम्बन्धित समाचार

चीनमा नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृ’त्यु, नमिठो मानेर नखाएका ३ जना बचे

नुडल्सले एकै परिवारका ९ जनाको ज्यान लिएको छ । स्वाद अनौठो मानेर मन नपरेपछि नखाएका परिवारका अन्य ३ सदस्य भने बचेका छन् ।

ब्राजिल: कोभिड १९ को चिनियाँ खोप सुरक्षित प्रमाणित

चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले तयार गरेको कोरोना भाइरसले निम्त्याउने रोग कोभिड १९ विरुद्धको खोप ब्राजिलमा सम्पन्न तेस्रो चरणको परीक्षणमा पनि सुरक्षित देखिएको छ । उ

चीनका क’ट्टर आलोचक ट्रम्पले चीनकै बैंकबाट कारोबार गरिरहेको खुलासा !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चीनको बैंकमा खाता रहेको स्वीकार गरेका छन् ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X