Monday, October 26, 2020

Monday, October 26, 2020
नेपाल विदेशबाट फर्किए ३५ हजार नेपाली, सबैभन्दा बढी युएईबाट

विदेशबाट फर्किए ३५ हजार नेपाली, सबैभन्दा बढी युएईबाट

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: कोरोनाका कारण विदेशमा समस्या परेका ३५ हजार ८ सय ४ जना नेपाली स्वदेश फर्किएका छन्। कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का अनुसार हवाई मार्ग हुँदै बुधबारसम्म विभिन्न २९ मुलुकबाट उनीहरु स्वदेश फर्किएका हुन्।

स्वदेश फर्किनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई)बाट रहेका छन्। युएईमा कोरोनाका कारण समस्या परेका ८ हजार ५० जना नेपाली स्वदेश फर्किएका छन्।

त्यस्तै साउदीबाट ५ हजार ६ सय ११, कुवेतबाट ५ हजार ५ सय ४९, मलेसियाबाट ५ हजार ३ सय ८४, कतारबाट ३ हजार ९ सय ४१ र बहराइन, कुवेत, अमेरिका, म्यानमार, जापान, दक्षिण कोरिया, श्रीलंका, टर्की, चीनलगायत २९ मुलुकबाट ३५ हजार ८ सय ४ जना नेपाली स्वदेश फर्किएका हुन्।

२ सय २२ शव ल्याइयो
विदेशमा मृत्यु भएका २ सय २२ शव नेपाल ल्याइएको छ। मलेसिया, साउदी, कतार, कुवेत, दक्षिण कोरियालगायत मुलुकमा अलपत्र परेका २ सय २२ नेपालीकाे शव स्वदेश ल्याइएको सिसिएमसीले जनाएको छ।

वैदेशिक रोजगार बोर्डका अनुसार विदेशमा अझै ९० वटा शव अलपत्र अवस्थामा छन्। नेपाली श्रमिकहरु स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडानमार्फत् नै ती शवहरु स्वदेश फर्काइने बोर्डले जनाएको छ।

चौथो उद्धार उडान आजदेखि
विदेशमा अलपत्र नेपालीहरुको उद्धारका लागि चौथो उद्धार उडान शुक्रबार (आज)देखि सुरु भएको छ। पैसा आफैँ व्यवस्थापन गर्न सक्ने अवस्थाका नेपालीहरुलाई स्वदेश फिर्तीका लागि सुरु भएको चौथो उद्धार उडान ८ अगस्टसम्मका लागि तय गरिएको छ।

सम्बन्धित समाचार

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।