Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
नेपाल ‘च्याउ भनेर विष खाइएछ’

‘च्याउ भनेर विष खाइएछ’

Published:

On: Nepal

Nepal Online Patrika: वीरेन्द्रनगर — घाँस काट्न जंगल गएको बेला कुशे गाउँपालिका–१ स्याँक्री, जाजरकोटका टेकबहादुर चलाउनले मुढे च्याउ टिपेर ल्याए । साँझ तरकारीको रुपमा पकाएर खाए । तर, उनको जीवनमा च्याउको मूल्य यति महँगो भयो कि, छोरा–छोरी र नातिनी गरी ५ जनालाई गुमाउनुपर्‍यो । उनी आफै पनि अस्पतालको शय्यामा मृत्युसँग संघर्ष गरिरहेका छन् ।

असार ९ गते राति टिपेर ल्याएको च्याउ खाँदा २३ वर्षीय छोरा ललित, छोरीहरु १६ वर्षीया औसरा र १३ वर्षीया धनसरा तथा नातिनीहरु ११ वर्षीया निरुता सिंह (भाइकी नातिनी) र २ वर्षीया अन्जनाको मृत्यु भयो । उनीसहित बुहारी कल्पना र भतिजी पशुपतिको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । ‘हेर्दै खाउँखाउँ लागेर वनबाट टिपेर ल्याएँ, त्यो त के को च्याउ हुनु, बिख पो रहेछ,’ अस्पतालको बेडमा रहेका टेकबहादुरले बुधबार कान्तिपुरसँग भने, ‘राम्ररी नचिनेको चिज खाँदा अहिले यस्तो अवस्थामा पुग्नुपर्‍यो ।’ अहिले उनी आईसीयुमै रहेका छन् ।

५५ वर्षीय टेकबहादुर परिवारका मुली हुन् । श्रीमतीले पहिल्यैदेखि ज्वरो आएर बिरामी भएकीले च्याउ खाइनन् । कान्छो छोरा–बुहारी माइतीमा र जेठो छोरा घरबाहिर रहेकाले उनीहरु पनि च्याउ खानबाट जोगिए । घरमा रहेका टेकबहादुरसहित अन्य ८ सदस्यले भने च्याउ खाए । च्याउ खाएको भोलिपल्ट (शनिबार) बिहानैदेखि पेट दुख्ने, पैतलाको माथिल्लो भाग र आँखा सुन्निने तथा श्वास फेर्न अप्ठेरो हुनेजस्ता लक्षण देखिए । च्याउ खाएका सबैमा यस्ता लक्षण देखिएपछि टेकबहादुरलाई विषालु च्याउ रहेछ भन्ने लाग्यो । त्यसैले हतार–हतार छिमेकीको सहयोगमा उनीहरु गाउँकै बाटुलेचौरस्थित मेडिकलमा पुगे । उपचारको क्रममै आइतबार २ वर्षीया नातिनी अन्जनाको मृत्यु भयो । अन्यको अवस्था पनि गम्भीर बन्दै गएपछि सोमबार गाउँपालिकाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमा ७ जनालाई सुर्खेत ल्याइयो । तैपनि सबैको ज्यान जोगिएन । सोमबार राति १६ वर्षीया छोरी औसरा, मंगलबार दिउँसो १३ वर्षीया छोरी धनसरा तथा ११ वर्षीया नातिनी निरुता र शुक्रबार बिहान छोरा ललितको मुत्यु भयो ।

जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या ५ पुग्यो

अहिले अस्पतालमा टेकबहादुरसहित ३३ वर्षीया बुहारी कल्पना र १५ वर्षीया भतिजी पशुपति उपचाररत छन् । अस्पतालका अनुसार उनीहरुको अवस्था पनि अस्थिर छ । अस्पतालका मेडिकल विभाग प्रमुख डा. केएन पौडेलले बिरामीलाई बेला–बेलामा बेस्सरी च्याप्ने गरेको र कतिबेला के हुने हो भन्नै नसकिने बताए ।

सामान्य आर्थिक अवस्था भएका टेकबहादुरका तीन छोरामध्ये जेठो छोरा मजदुरीका लागि जिल्लाबाहिर थिए । उनी बुधबार सुर्खेत आइपुगेका छन् । कान्छो छोरा र बुहारी माइतीमा भएकोले च्याउरुपी विष खानबाट बचेको आफन्त टेकबहादुर रावलले बताए । ‘मजदुरी गरेर र केही गाईवस्तु पालेर खेती किसानी गरेर परिवार चलेको छ,’ उनले भने, ‘विषालु च्याउ भनेर नचिन्दा आफन्तसँगै खुसी पनि गुम्यो, उपचाररत बिरामीको पनि अवस्था के हुने भन्ने चिन्ताले सताएको छ ।’

च्याउ खाँदा ज्यान गुमाएकामध्ये औसरा र निरुता कुशे गाउँपालिकास्थित तपोधुन माविमा ६ कक्षामा अध्ययनरत थिए । ललित मान्नेढुंगा माविमा ११ कक्षामा अध्ययनरत थिए । वडाध्यक्ष गोपालबहादुर नेपालीले स्कुले बालबालिकाको मृत्युपछि गाउँमा शोक छाएको बताए ।

सम्बन्धित समाचार

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।

१२१ गोरु लैजाँदै गरेको ५ वटा ट्रक नियन्त्रणमा

प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

नेकपा सचिवालय बैठक: प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा

नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिवार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।