Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
नेपाल अब डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँधसँधियार छुट्याइने

अब डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँधसँधियार छुट्याइने

Published:

On: Nepal

Nepal Online Patrika | Kathmandu: जग्गामा हुने विवाद समाधान गर्न नापी विभागले डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँध सँधियार छुट्याउने काम अगाडि बढाएको छ । यसबाट जग्गा नापी थप वैज्ञानिक, तथ्यपूर्ण र पारदर्शी हुने बताइएको छ । यसबाट जमिनको साँध सिमाना यथार्थ हुने भएकाले हाल प्रचलित नापी प्रणालीको जस्तो विवाद नहुने बताइएको छ ।

नापी विभागका अनुसार यसै महिनादेखि देशभर नै नयाँ प्रक्रिया लागूभएको छ । विभागका निर्देशक दामोदर ढकालले साँध सँधियारले हचुवा तरिकाले देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्ति अब अन्त्य हुने बताए ।

उनका अनुसार, अहिले नाप जाँचमा योग्य दक्ष कर्मचारी भित्रिएका छन् । उनले भने, ‘डिजिटल पद्धतिको नाप जाँच प्रविधि भित्रिएको छ, उहिल्यैको जस्तो अब छैन । ’विगतमा गरिएको नापी नक्साले कतिपय अवस्थामा जग्गाको हाल साबिकको अवस्था अहिले नमिल्न सक्छ, कतिपय स्थानमा यो मिलेको छैन, यस्तोमा भएको विवाद डिजिटल प्रविधिबाट अब निरुपण हुने निर्देशक ढकालको भनाइ छ । खेती, उद्योग, विकास निर्माण गरिने जग्गाको उचित संरक्षण यो प्रविधिको नाप नक्साबाट हुने उनले स्पष्ट पारे ।, यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।

सम्बन्धित समाचार

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

दशैंमा घर जाने भनेर तयारी अवस्थामा हुनुहुन्छ भने आयो एकदमै दुखको खबर!

विगतका दसैंमा यातायात व्यवसायीले भाडा वृद्धी लगायतका मुद्धा उठाएर सरकारसगँ वार्गे निङ गरेका थिए। यो वर्ष भने यातायात व्यवस्था विभाग र यातायात व्यवसायी दुवै पक्ष अग्रिम टिकट नखोल्ने मन स्थितीमा छन्।

ताजा समाचार

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रोबोट बनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले यान्त्रिका नामक रोबोट तयार पारेको हो ।
X