Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
अन्तर्राष्ट्रिय रक्सीको तलतल मेट्न स्यानिटाइजर पिउँदा १० को मृत्यु

रक्सीको तलतल मेट्न स्यानिटाइजर पिउँदा १० को मृत्यु

Published:

On: Nepal

Nepal Online Patrika | Source: भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको ज्यान गएको छ।

कुरीचेडु नामक गाउँमा कोरोनाभाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको छ। जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पे’य प’दार्थ मिसाएर पि’एको बताए।

उनका अनुसार ती मानिस पियक्कड थिए र तिनले मर्नुभन्दा १० दिन अगाडिदेखि त्यसरी स्यानिटाइजर पिउन थालेका थिए। “ती स्यानिटाइजरमा अन्य वि’षालु पदार्थ पनि थिए कि भनेर हामी अनुसन्धान गरिरहेका छौँ,” उनले पत्रकारहरूलाई बताए।

स्यानिटाइजरको नमुना रासायनिक परीक्षणका निम्ति पठाइएको उनले बताए। “कतिपय रक्सी पिउने लत लागेका मानिसहरूले स्यानिटाइजर पिएका थिए,” उनले रोयटर्स समाचार संस्थालाई बताए। “लकडाउनका कारण र’क्सी उपलब्ध छैन। तर स्यानिटाइजर भने सजिलै पाइन्छन्।”

स्थानीय लकडाउन

भारतको सङ्घीय सरकारले आर्थिक सङ्कट टार्न सबैजसो व्यापार व्यवसाय पुन: सञ्चालनको अनुमति दिइसकेको छ। यो साताको सुरुमा योग सिकाउने संस्था तथा व्यायामशाला पनि खोल्न दिइने भनिएको छ। मानिस तथा मालसामानको आवतजावत तथा ओसारपसार खुकुलो पारिएको छ।

तर कैयन् राज्यहरूले भने स्थानविशेषमा भाइरस सङ्क्रमण रोक्न लकडाउन लागु गरेका छन्। आन्ध्रप्रदेश राज्यमा गत महिना सङ्क्रमितको सङ्ख्या नौ गुनाले बढेको छ।

यसबीच भारतमा गत २४ घण्टामा थप ५५ हजार मानिस सङ्क्रमित भएका छन्। त्यहाँ कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एकैदिनमा ७७९ ले बढेर साढ ३५ हजार पुगेको छ।

सम्बन्धित समाचार

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

सबैलाई सरकारले कोरोनाको खोप निःशुल्क लगाइदिने

सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

चीनको चाङ्ग-अ फाइभ अन्तरिक्ष यानद्वारा चन्द्रमामा सफल अवतरण

चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमामा उतारेको छ। उसको रोबोटिक चाङ्ग-अ फाइभ अभियान अन्तर्गत गए राति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।