Wednesday, September 23, 2020

Wednesday, September 23, 2020
स्वास्थ्य आलुभन्दा बढी लाभदायक छ यसको बोक्रा, जान्नुस् कसरी ?

आलुभन्दा बढी लाभदायक छ यसको बोक्रा, जान्नुस् कसरी ?

Published:

On: Nepal

Nepal Online Patrika: आलु त तरकारीको राजा नै हो । यो हरेक भान्साको शान हो । अनि अधिकांश मान्छेले आलुको बोक्रा ताछेर मिल्काउँछन् । तर तपाईंलाई थाहा छ ? आलुभन्दा बढी गुणकारी यसको बोक्रा हुन्छ नि ।

आलुको बोक्रामा भएका कैयौं तत्व स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । यसमा भएको फाइबर र अन्य पोषक तत्वले आलुलाई स्वस्थकर बनाउने हो । नभए त आलु आफैंमा साधारण खानेकुरा हो ।

यसका अरू फाइदा जानिराखौं

१.रोगप्रतिरोधक क्षमता बढाउने: आलुको बोक्रामा अत्यधिक मात्रामा भिटामिन सी पाइन्छ जसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

२.तौल घटाउने: हुन त आलु मात्र खानुभयो भने तौल बढ्छ तर बोक्रासमेत खानुभयो भने चाहिँ तौल कम हुन्छ । बोक्रामा कम मात्रामा फ्याट हुन्छ जसले तौल घटाउँछ ।

३. क्यान्सरबाट बचाउँछ:आलुको बोक्रामा फाइटोकेमिकल हुन्छ जसले क्यान्सरबाट बचाउँछ । यसका अलावा यसमा भएको एसिडले क्यान्सरको सम्भावना घटाउँछ ।

४. कोलेस्ट्रोल घटाउँछ: शरीरमा खराब कोलेस्ट्रोल बढ्यो भने मुटुरोग लाग्छ । आलुको बोक्रामा भएको फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्छ ।

५. छाला डढ्दा लाभदायक:छाला डढ्दा आलुको बोक्रा दल्नुभयो भने धेरै आराम हुन्छ ।

यी हुन् जनैपूर्णिमाका दिन खाइने क्वाँटीका १२ फाइदाहरु

काठमाडौँ – चना, बकुल्ला, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका नौ वटा गेडागुडी मिसाएर बनाएको एक प्रकारको खानेकुरा हो, क्वाँटी।

क्वाँटी टुसा उमारी बनाइने विशेष प्रकारको झोलिलो खानेकुरा हो। क्वाँटी नेवारी शब्द हो। जसको अर्थ क्वाँ भनेको तातो र टी भनेको तरल पद्धार्थ हुन्छ। क्वाँटी विशेष गरी जनैपूर्णिमाका दिन खाने चलन छ। जनैपूर्णिमाका दिन क्वाँटी खानाले वर्षभरिको चिसोबाट बच्न सकिने कतिपयको बुझाई समेत छ।

यति मात्र नभई जनै पूर्णिमा भन्ने बित्तिकै वर्षा समयको अन्तिम समय भन्ने बुझिन्छ। वर्षा समयमा विशेषगरी बालक र वृद्धालाई हुने चिसोपनाबाट शरीरलाई न्यानोपना प्राप्त होस् भन्नका लागि यस दिनमा क्वाँटी खाने चलन चलिआएको संस्कृतविद्हरुले बताएका छन्।

क्वाँटी मात्र खाने होइन यस दिन मानिसहरु पूर्व फर्केका नौ वटा धारामा नुहाउने, नौ थरीको लुगा लगाउने समेत गरेको पाइन्छ। जसका कारण यो पर्वले नौसँग जाडिएका धेरै कुराको महत्व बोकेको संस्कृतिविद्हरुको भनाई छ।

यो पर्वमा क्वाँटी खाने चलन परापूर्वकालदेखि नै चलिआएको हो। क्वाँटी बनाउनका लागि प्रयोग गरिएका नौ प्रकारका गेडागुडी प्रोटिनले भरिपूर्ण हुन्छन्।

क्वाँटी अत्यन्तै पोषिलो खाने कुरा हो। यसलाई घरमा बनाएर जुनसुकै समयमा पनि खान सकिन्छ। कुनै पनि समयमा मानिसलाई कमजोर महसुस भएको खण्डमा क्वाँटी खानु उपयुक्त हुने चिकित्सकहरुको भनाई छ ।

चिकित्सकहरुका अनुसार क्वाँटी खाँदा हुने केही फाइदाहरु

कब्जियत हटाउँछ। पाचनशक्तिमा सुधार गर्छ। उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ। कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग गर्छ। शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ। रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। स्मरणशक्ति वृद्धि गर्छ। मानसिक स्वास्थ्यमा सुधार गर्छ। कुपोषण हटाउन सहयोग गर्छ। रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा पुर्‍याउँछ। बच्चाहरूको वृद्धि विकासमा सहयोग गर्छ। पौष्टिक तत्व प्रयाप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ।

सम्बन्धित समाचार

खाली पेटमा यी कुरा खाँदा ध्यान दिऔँ नत्र बिरामी पर्न सक्छ

हामी आफ्नो स्वास्थ्यलाई ठीक राख्न अनेक उपाय अपनाइरहेका हुन्छौं । तर ससानो कुरालाई हामीले वास्ता नगर्दा हाम्रो स्वास्थ्यलाई हानि पुगिरहेको हुन्छ ।

स्वास्थ्य फाइदा बोक्रामा कालो दाग भएको केरा

छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X