Friday, October 23, 2020

Friday, October 23, 2020
खेलकुद अन्तिम खेलमा युभेन्टस पराजित

अन्तिम खेलमा युभेन्टस पराजित

Published:

On: Nepal

Nepal Online Patrika: रोम । मुख्य खेलाडीहरूलाई विश्राम दिएर सिरी ‘ए’ को अन्तिम खेल खेलेको च्याम्पियन युभेन्टस पराजित भएको छ । युभेन्टस घरेलु मैदानमा रोमासँग सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा ३–१ ले पराजित भएको हो । युभेन्टस घरेलु मैदानमा दुई वर्षपछि पराजित भएको हो । २०१८ मा नेपोलीसँग पराजित भएयता युभेन्टस घरेलु मैदानमा पराजित भएको थिएन ।

रोमाको जितमा डिएगो पेरोट्टीले दुई तथा निकोला कालिनिकले एक गोल गरे । गोन्जाले हिगुआइनले गरेको गोल सान्त्वना बन्यो । घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको खेलको पाँचांै मिनेटमा नै हिगुआइनको गोलबाट युभेन्टसले अग्रता बनाएको थियो । २३औं मिनेटमा निकोलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा डिएगो पेरोट्टीले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

डानिलोले रिकार्डाे कालाफिओरीलाई पेनाल्टी बक्समा फल गरेपछि रोमाले पेनाल्टी पाएको थियो । ५२औं मिनेटमा पेरोट्टीले व्यक्तिगत दोस्रो तथा टोलीका लाग तेस्रो गोल गर्दै रोमालाई ३–१ को जित दिलाए । जितसँगै पाँचौं स्थानमा रहेको रोमाले ७० अंक जोड्यो । उसले अर्काे सिजनको युरोपा लिग खेल्नेछ । पराजित युभेन्टस ८३ अंकमा रोकियो । दुई खेलअगावै च्याम्पियन बनेको युनेन्टसले खेलपछि यो सिजनको ट्रफी उचालेको थियो । युभेन्टसले लगातार नवौं सिजन सिरी ‘ए’को उपाधि जितेको हो ।

यस्तै अर्काे खेलमा इन्टर मिलानले एटलान्टालाई २–० ले पराजित गर्दै इटालियन सिरी ‘ए’मा दोस्रो स्थान पक्का गरेको छ । इन्टरले जित हात पारेपछि एटलान्टालाई ४ अंकले पछि पा¥यो । शीर्षस्थानको युभेन्टससँग १ अंक दूरी राख्दै सिजनको अन्त्य ग¥यो । इन्टरले ३८ खेलबाट ८२ अंक जोड्यो । तेस्रो स्थानमा चिक्त बुझाएको एटलान्टा ७८ अंकमा सीमित बन्यो । शीर्षस्थानको युभेन्टस पनि ८३ अंकमा रोकियो ।

जिविस स्टेडियम बरगामोमा शनिबार राति भएको खेलमा इन्टरको जितमा ड्यानिलो डि एम्ब्रुसो र एस्ले योङले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । इन्टरसँगको हारसँगै एटलान्टाको अपराजित यात्रामा पुर्णविराम लागेको छ । एटलान्टा पछिल्लो १९ खेलमा अपराजित रहेको थियो । २१ जनवरीमा एस्पालसँग २–१ ले पराजित भएयता एटलान्टा अपराजित रहेको थियो ।

यस्तै अर्काे खेलमा एसी मिलानले काग्लिएरीमाथि ३–० को सानदानर जित निकालेको छ । मिलानको जितमा भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिच र स्यामुइल क्यास्टिलेजोले गोल गर्दा एक गोल उपहार पाएको थियो । अर्काे खेलमा नेपोलीले लाजियोमाथि ३–१ को सहज जित निकालेको हो । नेपोलीको जितमा फावियन, लोरन्जो इन्सिग्ने र माटियो पोलिटानोले गोल गरे । लाजियोका सिरो इम्मोवाइलले एक गोल फर्काए ।

२४ खेलाडीलाई प्रशिक्षणमा बोलाउने तयारी:

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाउने तयारी गरेको छ । क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई भदौ १ देखि प्रशिक्षणमा राख्ने तयारी गरिरहेको छ ।

त्यसअघि २७ वा २८ साउनमा सबै खेलाडी र मैदानका कर्मचारीको पीसीआर परीक्षण पनि हुनेछ । क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण गर्ने छ । ६ महिनापछि क्यानले राष्ट्रिय टोलीलाई बन्द प्रशिक्षणमा बोलाउन लागेको हो । पछिल्लोपटक नेपालले फागुनमा थाईल्यान्डमा भएको एसीसी इस्टर्न रिजनका लागि माघ तेस्रो साता १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

इस्टर्न रिजन नेपालले अन्तिमपटक खेलको अन्तर्राष्ट्रिय खेल हो । ‘यसपटक २४ खेलाडीलाई बोलाउने तयारी गरेका छौं । खेलाडीलाई आवासीय र खाना दुवै सेवा सुविधा टीयू मैदानभित्रै हुनेछ । त्यसैले, खेलाडी मैदान बाहिर जानेछैनन् । खेलाडी क्वारेन्टाइनको समयमा पनि अभ्यास गर्नेछन्,’ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले भने । कोरोना महामारीको कारण फागुन यता कुनैपनि घरेलु प्रतियोगिता र उमेर समूहको खेल भएको छैन ।

त्यसैले क्यानले बोलाउन लागेको बन्द प्रशिक्षणमा नयाँ युवा खेलाडीले मौका पाउने सम्भावना भने निकै न्यून रहन्छ । माघमा नेपालमा भएको आइसिसी विश्वकप लिग–२ र इस्टर्न रिजनमा बोलाएका खेलाडीले नै निरन्तरता पाउन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

आइपिएलमा सुनिल नारनको बलिङ एक्सन शंकास्पद !

वेस्टइण्डिजका अलराउन्डर सुनिल नारनको बलिङ एक्सन शंकास्पद पाइएको छ ।

टर्कीले जर्मनीलाई बराबरीमा रोक्यो

केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X