Monday, September 28, 2020

Monday, September 28, 2020
रोचक ८४ वर्षका जोडी सेलिब्रेटी बने, पुराना लुगाले फेरीयो नयाँ जिवन

८४ वर्षका जोडी सेलिब्रेटी बने, पुराना लुगाले फेरीयो नयाँ जिवन

Published:

On: Nepal

Nepal Online Patrika | Source: सामाजिक सञ्जालमा युवा र तन्नेरी समुह भाइरल भएका उदाहरण हामीले देखेका छौं । सामाजिक सञ्जाल इन्स्टाग्राम, टिकटकवाट धेरै युवायुवती छोटो समयमा नै सेलिब्रेटी बनेका उदाहरण हामीले देखेका छौं ।

तर ८० वर्ष नाघेका का एक जोडि पनि सामाजिक सञ्जालवाट रातारात भाइरल भएका छन् । ताइवानका एक जोडी इन्स्टाग्राम प्रयोगकर्तामाझ भाइरल भएका छन् । उनीहरुलार्य सामाजिक सञ्जाल प्रयोगकर्ताले अध्याधिक रुचाएका छन् ।

यि वृद्धवृद्धा उनका नातीका कारण चर्चित भएका छन् । ८३ वर्षीय चाङ वान जी र उनकी ८४ वर्षीया पत्नी सु शो एर इन्स्टाग्रामका सेलिब्रिटी बनेका छन् । उनलाई यस्तो आइडिया नातीले दिएका छन् ।

जसका कारण उनीहरुके इन्स्टाग्राम फलो गर्नेहरुको संख्या छोटो अवधिमै ६ लाख नाघिसकेको छ । उनीहरुको नयाँ ‘स्टाइल’को ‘फेशन’ इन्स्टाग्राममा भाइरल भएको हो । उनीहरु त्यहाँको स्थानिय मिडियामा समेत छाएका छन् ।

यो जोडीले ताइवानको सानो केन्द्रीय सहर ताइचुङ नजिकै दशकौँदेखि सानो लन्ड्री सञ्चालन गर्दैआएको थियो । वर्षौँदेखि ग्राहकहरुले अर्डर दिएका कपडा कसैले बिर्सिन्थे त कसैले लिन आउँदैनथे । सोही कपडालाई फेसनका रुपमा प्रयोग गरेर सेलिब्रटि बनेक छन् ।

यस्तैमा चाङका ३१ वर्षीय नाती रिफ चाङले ती थन्किइराखेका कपडा वृद्ध जोडीलाई लगाइदिएर मोडलिङ गराइदिने आइडिया निकाले । जुक आइडिया निकै चर्चित भयो ।

उनक हजुरवुवा हजुरआमाको व्यवसाय खस्किन थालेपछि बेकामी बनेर सडकमा भौँतारिरहेका थिए, तर उनले निकालेको यो गजबको आइडियाले उनीहरुको आर्थिक पक्ष मात्र बलियो भएन रातारात सेलिब्रटी बने ।

‘यी कपडाको मोडलिङबाट मैले ३० वर्ष कान्छो भएको महसुश भयो,’ चाङ वान जीले भनेका छन् । वान जीकी पत्नी सु पनि यस्तो कामबाट आफू खुसी बनेको बताउँछिन् ।

उनले मिडियासामु भनेकी छन्, ‘धेरै मानिसले मलाई तिमी त चर्चित भयौ, र निकै कम उमेरको देखिन्छ्यौ भन्छन् ।’ उनी थप्छिन्, ‘म उमेरमा बुढी भइसकेँ, तर मेरो मनलाई बुढेसकाल लागेको छैन, म सुन्दर कपडा लगाएर बाहिर रमाइलो गर्न जान मन लाग्छ ।’

यसवाहेक सु ले ३० वर्षअघि आफैँले किनेका कपडा पनि फेसनका रुपमा प्रयोग गर्न थालेका छन् । उनीहरुको इन्स्टाग्राम एकाउन्ट ‘एटवान्टशोयास्योङ’ हो । जुन उनीहरुका नाती रिफले चलाउँदैआएका छन् ।

सम्बन्धित समाचार

रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउन एक मात्र पत्ता दालचिनी!

दालचिनी खाने बानीले तपाईंलाई स्वस्थ राख्नुका साथै प्रतिरोधी क्षमतालाई बलियो राख्नका लागि मद्दत समेत पुर्याउछ । नियमित रुपमा मात्र एक पत्ता दालचिनी खानाले हाम्रो स्वास्थ्यमा यस्ता फाइदा गर्दछ।

यस्ता संकेतबाट थाहा पाइन्छ तपाईकाे गर्भमा छाेरा छ कि छाेरी भनेर

छोरा या छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण गरिनु गैरकानुनी मानिन्छ ।

यी ४ घरेलु उपाय दाँतको किरालाई मार्न र दुखाइ कम गर्नका लागी अपनाउनुस्

नियमित ब्रस नगर्दा दाँतको बीचमा आफूले खाएका अन्नका कणहरु बस्दछन्, जब यी कणहरु सड्न थाल्छन्, तब दाँतमा किरा लाग्न थाल्छ ।

कालो भएको घुँडा तथा कुहिनोलाई गोरो बनाउन यी घरेलु उपाय अपनाउनुहोस्, ३ दिनमै पाउनुहुनेछ फरक

साधारणतया हाम्रो हातको कुहिनो र घुँडाको भाग शरीरको अन्य भागको तुलनामा बढी कालो हुने गर्दछ । केही बाहिय कारण तथा थिचिएका कारण शरीरको अन्य भागको तुलनमा ती भाग बढी कालो देखिन्छ ।

ताजा समाचार

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।
X