Connect with us

कोरोना भाइरस

सरकार “उपत्यकामा फेरि लकडाउन हुन सक्ने”

कोभिड–१९ महामारीको खतरा बढेपछि काठमण्डौ उपत्यकामा फेरि लकडाउन गर्ने कि भन्नेबारे छलफल सुरु भएको छ ।

Published

on

Nepal Online Patrika | Kathmandu: कोभिड–१९ महामारीको ख’तरा बढेपछि काठमण्डौ उपत्यकामा फेरि लकडाउन गर्ने कि भन्नेबारे छलफल सुरु भएको छ ।पहिला पनि उपत्यकामा दैनिक ५० जना हा’राहारीमा संक्रमित देखिन थालेका छन् । सरकारले गत ११ चैतदेखि घोषणा गरेको लकडाउन ६ साउनको राति १२ बजेबाट अन्त्य भएको थियो ।

लकडाउन खुलेसँगै मानिसहरुमा सचेतनाको पक्ष कमजोर देखिँदा संक्रमणको जोखिम उच्च भएको छ ।स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली र मन्त्रीहरु महामारीको अवस्था केही समय हेरेर आवश्यक परे पुनः लकडाउन गर्नुपर्ने मनस्थितिमा पुगेका छन् ।

‘काठमाण्डुसहित बाहिरका केही सहरमा जसरी महामारीको जोखिम समुदायस्तरमा फैलने ख’तरा बढेको छ, यो अवस्थालाई हेर्दा फेरि लकडाउन गर्नुपर्ने हो कि जस्तो देखिएको छ’, सीसीएमसीमा रहेका एक मन्त्रीले भने, ‘लकडाउन फेरि गर्नुपर्ने सुझावहरु पनि आउन थालेका छन्

। बिहीबार उपत्यका प्रवेश गरेकामध्ये २४ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।यद्यपि लकडाउन भए पनि पहिलेजस्तो लामो समय र सबै ठाउँमा नहुने उनले बताए । ‘जहाँजहाँ बढी समस्या देखिन्छ, त्यहाँ लकडाउन गर्नुपर्ने हुन्छ’, ती मन्त्रीले भने, ‘सबैतिर लकडाउन सम्भव र आवश्यक पनि छैन ।’

चिकित्सकहरुले उपत्यकामा हालकै दरमा महामारी फैलँदै गए भया’वह अवस्था आउन सक्ने चे’ता’वनी दिँदै आएका छन् ।गृह मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै रातिको समयमा हुने काठमाण्डु प्रवेशमा रोक लगाइएको जनाएको छ ।

हाल उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा पीसीआर परीक्षण थालिएको छ ।

नेपाल अनलाइन पत्रिका (नेपाल समाचार - डिजिटल इ-पेपर) नेपालको विश्वसनीय डिजिटल न्यूज मिडिया हो जुन सँधै हालको र वास्तविक समाचार प्रस्तुत गर्दछ र सत्य फैलाउँछ किनकि यो सबै खासै चासोका साथ सहयोगीबाट टाढा रहँदै सबै अवलोकन गरेर।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending