Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
समाचार पैसा तिरेर भारतिय नेपालामा आउनु नेपालामा कोरोना बढ्नुको मुख्य कारण

पैसा तिरेर भारतिय नेपालामा आउनु नेपालामा कोरोना बढ्नुको मुख्य कारण

Published:

On: Nepal

Nepal Online Patrika | Kathmandu: कोरोना भाइरसको संक्रमण विश्वभर फैलिए पछि सुरक्षाको लागि सीमा नाका लक छ । तर खुल्ला सीमानाको फाइदा उठाउदै चोरबाटोबाट मानिसहरु भने आवत जावत गरिरहेका छन् । विराटनगर स्थित जोगवनी नाका बन्द भए पछि भारत तर्फबाट अनेक बाहाना बनाए मानिसहरु चोरबाटो हुदैं नेपाल प्रवेश गर्ने र नेपालबाट भारत गइरहेका छन् ।

उनीहरु मुख्य नाका भएर प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले लुकिछिपी आउने गरेका हुन ।दश गजामा पानी जमेको भए पनि सामान ल्याउने र सुरक्षाकर्मीको आखाँ छलेर आउने गरेको सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । सुरक्षाकर्मीहरुको आखाँ छलेर आउनेहरुका कारण समुदायमा संक्रमित भेटिन थालेका छन् ।

लुकिछिपी आउदा समुदायमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले खुल्ला सीमामा कडाई गरिएको उपरीक्षक खड्काले जानकारी दिनु भयो । उहाँले चोरबाटो हुदैं लेवर गर्न आउनेहरु प्mयाक्ट्रीमा काम गर्न आउनेहरु भएको उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

बिहीबार रातिदेखि विराटनगर महानगरपालिकाले लकडाउन गरेको भए पनि खुल्ला सीमा भएर चोरबाटो हुदै लुकिछिपी नेपाल भारत तर्फ भने आवत जावत भइरहेको पाइन्छ । विराटनगरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि संक्रमण नियन्त्रण गर्नको लागि लकडाउन गरिएको छ । अत्यावश्यक वाहेकका सवै सेवाहरु बन्द छन् ।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

विद्यालय खुल्न थाले

कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।

प्रधानमन्त्रीको मुडमा चल्छ कि प्रहरी आईजीपीको आदेशमा ?

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X