किशोरावस्थामा जब विद्यार्थीहरु प्रवेश गर्दछन्, समस्याहरुको बारेमा चनाखो हुन्छन

0
117

एक मेधावी छात्रा । कक्षामा राम्रो लगनशील भएर अध्ययन गर्ने । राम्रो अंक ल्याउने । तर विद्यालय प्रवेश गर्दा देखि नै अतिरिक्त क्रियाकलापमा त्यति इच्छा नराख्ने । हाजिरी जवाफ, हिज्जे प्रतियोगिता कविता, कथा आदिमा राम्रो दख्खल भएता पनि एथलेटिक्स्, भलिबल आदिमा उनी कहिल्यै भाग लिइनन् । कसैले उनले किन यी विषयमा रुची राख्दिनन् भनेर पनि सोधपुछ गरेनन् । उनको शरीर अलि दुब्लो पातलो थियो । ६ वर्षको उमेर देखि नै । कक्षा दशसम्म आइपुग्दा पनि उनको तौल औसत हुनुपर्ने भन्दा अलि कम नै थियो । एक दिन उनी रिगंटा लागेर एकछिन बेहोस भइन् । अस्पतालमा ल्याइयो । जाँच बुझ गर्दा मुटुको भल्ममा केही खराबी पत्ता लाग्यो ।

उनको विगतका स्वास्थ्यका बारेमा सोधपुछ् गर्दा के पत्ता लाग्यो भने झण्डै पाँच वर्षको उमेरमा उनलाई कडा र लामो ज्वरो सहित घाँटी दुख्ने, जोर्नी दुख्ने भएर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि हरेक वर्ष पटकपटक घाँटी दुख्ने, ज्वरो आउने निको हुने गरेको रहेछ । कुनै बेला अस्पताल गएर औषधी खाने कहिले नखाने गरिएको रहेछ । यो विषयमा गम्भिर नहुँदा दश वर्ष पछि यो बाथज्वरोले मुटुको भल्ममा असर गरेछ । जसलाइ मुटुको बाथरोग भनिन्छ ।

यसका कारण उनलाइ गंगालाल हृदयरोग केन्द्रमा अपरेशन गर्नु प¥यो तर यो घटना पछि उनको पढाइ बिस्तारै खस्किदै गयो । उनलाई मानसिक तनावले सतायो । पढेको कुरा बिर्सने, एकोहोरो हुने, निद्रा कम आउने इत्यादि । उनको केटा साथी रहेछन् । यस्तो बिरामी थाहा पाएर उसले पनि साथ छोडेछन् । स्नातक सम्म आइपुग्दा उनले आफ्नो अध्ययन पुरा गर्न पनि हम्मेहम्मे प¥यो ।

कक्षा शिक्षणसँगै उमेर अनुसारका जोखिमका स्वास्थ्य समस्याहरुका बारेमा हरेक विद्यार्थीहरुको जसरी पढाइको मुल्यांकन गरिन्छ कम्तीमा हरेक बर्ष मुल्यांकन गरिनु पर्दछ र अभिलेख राखिनु पर्दछ ।

विद्यालयको अध्ययन अध्यापन, विद्यार्थीहरुको पढाइ र अतिरिक्त क्रियाकलापमा देखाउने रुची र सफलता उनीहरुको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्दछ । हाम्रो लागि बिरामी पर्नु भनेको र अस्पताल जानु पर्ने भनेको हिँडडुल गर्न गाह्रो भएपछि जस्तो मात्र लाग्दछ । हरेक विद्यार्थीलाई कुनै न कुनै खालको स्वास्थ्य समस्याहरु जो बाहिर प्रत्यक्ष देखिदैनन् तर शरीरमा घर गरेर बसेको हुन सक्दछ ।

कक्षा शिक्षणसँगै उमेर अनुसारका जोखिमका स्वास्थ्य समस्याहरुका बारेमा हरेक विद्यार्थीहरुको जसरी पढाइको मुल्यांकन गरिन्छ कम्तीमा हरेक बर्ष मुल्यांकन गरिनु पर्दछ र अभिलेख राखिनु पर्दछ । साना उमेरका प्राथमिक तह सम्मका विद्यार्थीहरुका लागि व्यक्तिगत सरसफाई, शुद्ध पानी पिउने, नङ् काटने, नुहाउने, सफा लुगा लाउने, फोहोरमा नखेल्ने, साथीहरुसँग झगडा नगर्ने, अप्ठेरो ठाउँमा नजाने, जोखिमको खेल नखेल्ने, आमा बा र मान्यजनसँग राम्रो व्यवहार गर्ने, शिष्ट बोल्ने, फोहोरलाई उचित र एउटै स्थानमा मात्र फाल्ने, दैनिक दुईपटक दाँत माझ्ने आदि जस्ता कुराहरुको ज्ञान र सीप प्रदान गर्नु जरुरी छ ।

मेधावी विद्यार्थीहरु पनि आँखाको दुष्टिशक्ति कमजोर भएका कारण कक्षामा पछि परेका हुन्छन् । किताव पढ्न या बोर्डमा हेर्न अप्ठेरो भएको कारणले उसको तनाव नै त्यसमा भएर अध्ययनमा दख्खल दिन सक्दैनन् ।

हरेक वर्ष उनीहरुको दाँत र आँखा जाँच गर्ने, दिशा, पिसाव, रगतमा हेमोग्लोबिन तथा एक पटक ल्बड ग्रुप जाँच गरेर पत्ता लगाएर राख्नु उपयोगी हुन्छ । हरेक वर्ष टन्सिल र मुटुको जाँच, छालाको रोग आउनासाथ उचित उपचार, पढाइमा धेरै कमजोर भएमा या चाहिने भन्दा बढी उत्ताउलोपन भयो भने मानसिक समस्याको जाँच पनि उत्तिकै आवश्यक हुन्छ ।

मेधावी विद्यार्थीहरु पनि आँखाको दुष्टिशक्ति कमजोर भएका कारण कक्षामा पछि परेका हुन्छन् । किताव पढ्न या बोर्डमा हेर्न अप्ठेरो भएको कारणले उसको तनाव नै त्यसमा भएर अध्ययनमा दख्खल दिन सक्दैनन् । दाँत दुख्ने र दाँतको स्याहार गर्न नजान्नाले हरेक महिना केही दिन विद्यालय आउन सक्दैनन र पढाई बिग्रन्छ । छालाका सामान्य संक्रमण पछिको जीवनमा मृगौला बिगार्ने कारक बन्न सक्दछ । दिसा पिसावको संक्रमण र विभिन्न जुकाहरुको संक्रमण कुपोषणको कारण हुन सक्दछ र अध्ययनमा कमजोर हुन सक्दछ । मुटु र टन्सिलको जाँच भविष्यमा मुटु जोगाउनका लागि अनिवार्य हुन्छ ।

जब विद्यार्थीहरु किशोरावस्थामा प्रवेश गर्दछन्, तव अन्य समस्याहरुको बारेमा चनाखो हुनुपर्ने हुन्छ । उनीहरुमा प्राकृतिक र स्वाभाविक शारिरीक र मानसिक परिवर्तनहरु देखिन्छन् । यो परिवर्तन स्वाभाविक हो । महिनावारी प्राकृतिक घटना हो र यो ईश्वरीय बरदान हो भन्ने कुरा महिनावारी हुन अघि नै किशोरीहरुलाई बताइसक्नु पर्दछ । यसबेला हुने शारिरीक र मानसिक तनावलाई घटाउन, सरसफाईको तरिका बारे बुझाउन, प्याडहरुको प्रयोग र जतनका बारेमा सम्झाउन विद्यालयमा धेरै मेहनत गर्नु पर्ने देखिन्छ ।

झ विद्यालयहरुमा उचित नुहाउने कक्षको व्यवस्था, तातो चिसो पानी आउने नुहाउने कक्ष, यदि जाडो भएपनि रगत बग्नासाथ उनले नुहाउन पाउनु पर्दछ । प्याड राख्न पाउनु पर्दछ ।

अझ विद्यालयहरुमा उचित नुहाउने कक्षको व्यवस्था, तातो चिसो पानी आउने नुहाउने कक्ष, यदि जाडो भएपनि रगत बग्नासाथ उनले नुहाउन पाउनु पर्दछ । प्याड राख्न पाउनु पर्दछ । उनलाई आवश्यक पर्नासाथ विद्यालय नर्सले सहायता गर्ने प्रबन्ध मिलाउनु पर्दछ ।
मेधावी छात्राहरुको पढाई महिनावारी पछि खस्कँदै गएका उदाहरणहरु धेरै भेटिन्छन् । त्यसैले विद्यालय र घर दुबै स्थानमा किशोरी अवस्थाका विद्यार्थीहरुको महिनावारीको समयलाई ख्याल गरेर उनीहरुलाई ज्ञान र सिप प्रदान गर्नु पर्दछ ।

किशोर किशोरीको अवस्थाका विद्यार्थीहरुलाइ शारिरीक र मानसिक परिवर्तनका कारणले हुने यौन चाहना, यसको उचित व्यवस्थापन, यसमा देखिने नकारात्मक प्रभाव, समस्या र विचारहरु के के हुन सक्दछन्, त्यो किन आउने गर्दछ र सकारात्मक सोचाई र यसको व्यवस्थापन कसरी गर्ने बारेमा पटकपटक बताउन जरुरी छ । गर्भ कसरी रहन्छ ? बिहे अघिको यौन सम्पर्क किन ठीक हुन्न ? यौनरोगहरु कसरी लाग्दछन् ? यसबाट कसरी जोगिन सकिन्छ ? आफू आर्थिक रुपमा सक्षम नभइकन किन बिवाहका बारेमा सोच्नु हुन्न ? आदि बारेमा विद्यार्थीहरुलाई बताउनु पर्दछ । हरेक विद्यार्थीहरुका आआफनै व्यक्तिगत समस्याहरु हुन्छन् । ती समस्याहरुलाई गोप्य रुपमा बताउन सकिने खालको प्रबन्ध र यसका लागि परामर्शदाताको व्यवस्था हुनुपर्दछ । ती परामर्शदातासँग उनीहरुले गोप्य रुपमा आफनो समस्याको समाधान प्राप्त गर्नुपर्दछ ।

यो बेला धेरै महत्वाकांक्षी पनि हुन्छन् र देखासेखी गर्न खोज्छन् । यसले गर्दा उनीहरुमा अर्को मानसिक तनाव रहन्छ । उनीहरुलाई हरेक समस्याहरुलाई वस्तुनिष्ठ ढंगले सोच्न र विचार गर्न सिकाउन जरुरी छ ।

प्रेम, मायाको भाव यसैबेला आउँछ । यो किन हुन्छ ? बारेमा मनावैज्ञानिक परामर्श उनीहरुका लागि खाँचो हुन्छ । यो प्राकृतिक हो । मायादया जस्ता कुराहरु मानिसका उत्कृष्ट गुण हुन् । तर यसको उचित व्यवस्थापन कसरी गर्ने बारेमा समूहमा र समस्या भए हरेक विद्यार्थीहरुलाई बताउनु पर्दछ ।
यो बेला आफ्नो शरिरका बारेमा खासगरि किशोरीहरु धेरै चिन्तित हुन्छन् । मोटाउने, दुब्लाउने कुराहरु पनि उनको मनमा घर गरेर बसिरहेको हुन्छ । त्यसैले उनीहरु आफ्नो बारेमा के सोच्दैछन् ? भन्ने पनि धेरै महत्व राख्दछन् । यो बेला धेरै महत्वाकांक्षी पनि हुन्छन् र देखासेखी गर्न खोज्छन् । यसले गर्दा उनीहरुमा अर्को मानसिक तनाव रहन्छ । उनीहरुलाई हरेक समस्याहरुलाई वस्तुनिष्ठ ढंगले सोच्न र विचार गर्न सिकाउन जरुरी छ । आफ्ना अभिभावकहरुको क्षमता र औकात भन्दा बढीको चाहना किन गर्नु हुन्न र यसले तनाव र डिप्रेशनको सिकार गराउँछ भन्ने बारेमा परामर्श धेरै जरुरी रहन्छ ।

विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा व्यस्त राख्ने, पुस्तकालय, गीत गाउने, बजाउने, नाच्ने, संगीत सिक्ने सिकाउने, कविता कथा लेख्ने भन्ने, आदि कुराहरुले उनीहरुको व्यक्तित्व विकासमा त सहायता पु¥याउछ नै । यसका साथै यी विषयहरुले उनीहरलाई जीवन बाँच्ने कला सिकाउछ । विद्यार्थीहरुको शारिरीक र मानसिक स्वास्थ्य तन्दुरुन्त राख्न यी विषयहरुको धेरै भूमिका रहन्छ ।
यसरी हेर्दा विद्यार्थीहरुको जीवन निर्माण र विद्यालयको अध्ययन अध्यापनको उदेश्य पुरा गर्न स्वास्थ्य शिक्षा, उनीहरुको आवधिक जाँच र स्वास्थ्य परामर्शको महत्वपूर्ण भूमिका रहन्छ ।
मन्थली, रामेछाप
लेखक जनरल फिजिशियन तथा स्वास्थ्य सेवा व्यवस्थापन विशेषज्ञ हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here