Thursday, October 29, 2020

Thursday, October 29, 2020
शिक्षा नयाँ शैक्षिक क्यालेन्डर बन्दै सरकार

नयाँ शैक्षिक क्यालेन्डर बन्दै सरकार

Published:

On: Nepal

Nepal Online Patrika | Kathmadnu: सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै शैक्षिक तथ्याङ्क भराउने गरी विद्यालय खोल्ने गृहकार्यमा जुटेको सरकारले शैक्षिक सत्रलाई व्यवस्थापन गर्दै नयाँ क्यालेन्डर बनाउने तयारी अघि बढाएको हो ।

२०७७ सालको शैक्षिक सत्रको चार महिना प्रत्यक्ष कक्षाको पठनपाठनबिना नै सकिएको छ । अब बाँकी आठ महिनाको अवधिलाई सदुपयोग गर्दै शैक्षिक सत्र मिलाउने भन्नेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित कार्यदलले काम अगाडि बढाएको हो ।

कार्यदलका सदस्य तथा अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले शैक्षिक सत्रलाई कसरी मिलाउने भन्नेमै कार्यदल केन्द्रित रहेको स्पष्ट गर्दै आठ महिनाभित्र पठनपाठन गरी शैक्षिक सत्र पूरा गर्ने हिसाबले २०७७ को शैक्षिक सत्र पूरा गर्नुपर्ने अवस्था देखिएको बताए । यसका लागि हाल रहेको पाठ्यभारलाई केही घटाएर भए पनि शैक्षिक सत्र पूरा गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।

सरकारले एक हजार ६४ घण्टा पढाउनुपर्ने नियम बनाए पनि अब त्यो पूरा हुने सम्भावना निकै न्यूून रहेको भन्दै ७१४ घण्टा अध्यापन हुने गरी घटाउने हिसाबले छलफल अगाडि बढेको जनाइएको छ । कार्यदलका सदस्य, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष टीका पुरीले भदौ १५ बाट पठनपाठन सुरु गर्न सक्ने विद्यालयले एक हजार ६४ घण्टा पढाउने भए पनि मङ्सिरबाट खुल्ने विद्यालयको हकमा त्यो सम्भव नहुने बताए ।

सङ्क्रमणका कारण यसपटक जुनसुकै महिना पनि खुल्न सक्छन् भन्नेमा नीति निर्माताहरू जानकार हुनुपर्ने उनको भनाइ छ । हालको अवस्थासम्मको विश्लेषणमा यसपटकको शैक्षिक सत्र आगामी वैशाखमा पूरा हुने सम्भावना रहेको जनाइएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

सम्बन्धित समाचार

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि – परिक्षा तालिका

कक्षा १२ को परिक्षा आउँदो मंसिर ९ गतेदेखि हुने भएको छ।गत वैशाख ८ गतेदेखि हुने गरी तय भएको परिक्षा कोरोना महामारीका कारण आठ महिनापछि हुन लागेको हो।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

यो वर्ष परीक्षा नहुने, मूल्यांकनबाटै विद्यार्थी उत्तीर्णको व्यवस्था

कोरोना महामारीका कारण यो वर्ष वैकल्पिक माध्यमबाट अध्ययनअध्यापन भइरहेको छ। अनलाइन, रेडियो, टेलिभिजन, स्वाध्याय सामग्रीमार्फत पठन पाठन भइरहेको छ।

स्नातक/ स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे अनलाइन अभिमुखीकरण

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले वैकल्पिक विधिबाट सञ्चालन गर्न लागेको स्नातक/स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे मङ्गलबार ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक र कर्मचारीहरूबीच अनलाइन अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

ताजा समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।