Sunday, October 25, 2020

Sunday, October 25, 2020
कोरोना भाइरस विराटनगरको न्युरो अस्पतालका चिकित्सकलाई पनि कोरोना देखियो: जताततै कोरोना फैलने डर

विराटनगरको न्युरो अस्पतालका चिकित्सकलाई पनि कोरोना देखियो: जताततै कोरोना फैलने डर

Published:

On: Nepal

विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ ।

ति चिकित्सक विराट नर्सिङहोममा पनि कार्यरत थिए । संक्रमित चिकित्सकलाई शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । न्यूरो अस्पताल विराटनगरका निर्देशक राजेश भट्टराईले संक्रमित चिकित्सकले काम गरेको इमरजेन्सी कक्ष सिल गरिएको बताए ।

संक्रमित चिकित्सकको सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको उनले बताए । यस अघि विराटनगर अस्पतालका सञ्चालकलाई कोरोनो पोजेटिभ देखिएपछि हस्पिटलका अन्य चिकित्सकहरुको पीसीआर चेकजाँच गर्दा शुक्रबार उनको पनि पोजेटिभ आएको थाहा भएको थियो ।

उनमा कोरोना पोजेटिभ देखिएपछि तत्काल धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको छ । महाशाखा प्रमुख कार्कीका अनुसार शुक्रबार संक्रमण पुष्टि भएका मध्ये एक जना विराटनगर गुद्री बजारमा किराना पसल सञ्चालन गरिरहेका व्यक्ती हुन् ।

५२ वर्षिय संक्रमित पुरुषको किराना पसल गुद्री चोकमा छ । संक्रमित व्यक्तीको किराना पसलमा प्राय भिड हुन्थ्यो । सञ्चालकलाइ कोरोना संक्रमण पुष्टि भएपनि शुकबार दिउँसोसम्म पसल सञ्चालन भइरहेको थियो ।

महानगरको टोलीले संक्रमित व्यक्तीको सम्पर्कमा रहेका कर्मचारी र अन्य आफन्तको कोरोना जाँचका लागि भन्दै पसल बन्द गराएको छ ।

सम्बन्धित समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

ताजा समाचार