Monday, September 28, 2020

Monday, September 28, 2020
कोरोना भाइरस प्रधानमन्त्रीसहित प्रहरी महानिरीक्षकको क्लोज कन्टयाक्टमा थिए संक्रमित मन्त्री यादव

प्रधानमन्त्रीसहित प्रहरी महानिरीक्षकको क्लोज कन्टयाक्टमा थिए संक्रमित मन्त्री यादव

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिन काठमाडौं बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको हो । उनले काठमाडौंमा प्रधानमन्त्री केपी शमौ ओली लगाएत प्रहरी महानिरीक्षक, गृहमन्त्री र कानुन मन्त्रीलाई पनि भेटेको खुलेको छ ।

कोरोना संक्रमण पुष्टि भएका यादव अहिले जनकपुरमै होम आइसोलेसनमा छन् । उनी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा उपस्थित भएका थिए ।

उक्त बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार र प्रहरी महानिरीक्षक भेला भएका थिए ।

यस्तै, यादवले कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेसँग पनि भेटघाट गरेको खुलेको छ । जनकपुरमा उनको सम्पर्कमा रहेका मानिसमा गरिएको परीक्षणमा मन्त्रालयका अन्य सात जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

यी हुन् स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ सेनिटाइजर, प्रयाेग नगरौं : औषधि विभाग

कोरोना भाइरसको संक्रमण सुरु भएयता सेनिटाइजरको व्यापार ह्वात्तै बढेको छ।

ताजा समाचार

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

X