Wednesday, September 23, 2020

Wednesday, September 23, 2020
नेपाल दशैंयता विद्यालय नखुल्ने

दशैंयता विद्यालय नखुल्ने

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: दशैंयता विद्यालय तथा विश्वविद्यालय नखुल्ने भएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काल विद्यालय खोल्ने स्थिति नभएको बताएपछि दशैंयता विद्यालय नखुल्ने स्पष्ट भएको हो ।

‘जोखिम बढेकाले विद्यालय तत्काल खोल्ने स्थिति छैन,’ डा. खतिवडाले मन्त्रिपरिषदको सोमबार बसेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भने, ‘जोखिम बढ्दैछ सावधानी अपनाउनुपर्ने हुन्छ ।’ उनले सकेसम्म घरबाहिर ननिस्कन पनि आग्रह गरे ।

यसअघि सरकारले १ भदौबाट विद्यालयको भर्ना शुरु गर्ने निर्णय गरेको थियो । भर्ना शुरु गर्ने निर्णयसँगै विद्यालयमा पठनपाठन हुनसक्ने भन्दै सक्रियता बढेको थियो । तर, सरकारका तर्फबाट पछिल्लो धारणासँगै विद्यालय दशैंयता नखुल्ने निश्चितप्रायः भएको छ ।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

विद्यालय खुल्न थाले

कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।

कर्मचारीलाई फाइदै फाइदा : बिदा पनि, भत्ता पनि !

कोरोना भाइरसको महामारी कहिलेसम्म लम्बिने हो कसैलाई पनि थाहा छैन ।विश्वका धेरै देशमा आन्तरिक पर्यटकको लागि घुम्ने गन्तव्य खुला गरे पनि बाह्य पर्यटकको लागि भने सबैतिर खुला भइसकेको छैन ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X