Wednesday, September 23, 2020

Wednesday, September 23, 2020
नेपाल मकैंका फाइदै फाइदा, छालादेखि आखाँसम्मलाई उपयोगी

मकैंका फाइदै फाइदा, छालादेखि आखाँसम्मलाई उपयोगी

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: असारको दोश्रो साता मकै बाली भित्र्याउने बेला हो । यो सिजनमा पाकेका मकैलाई ढोड सहित वा घोगाँ भाचेर भित्र्याउने गरिन्छ ।

नेपालमा मकै धान र गहुँपछिको तेश्रो अन्नबाली हो । मकैमा शरीरको पोषणका लागि आवश्यक सबै प्रकारको भिटामिन पाइन्छ । मकैको सेवनले कोलेस्ट्रोलाई नियन्त्रण गर्दछ । मकै खाँदा तौल पनि नियन्त्रण हुन्छ । मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरको मात्रा धेरै पाइन्छ । यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्छ ।

यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ । यसका अलावा मकै सेवनबाट निम्न फाइदा पाउन सकिन्छ ।

१. मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वले क्यान्सरको खतरा कम गर्दछ । २. मकैको सेवनबाट फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ ।
३. मकैमा पाइने फेरुलिक एसिडले स्तन र कलेजोको ट्युमरको आकार घटाँउछ । ४. मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउँछ । ५. मकैको सेवनले बाथ रोगको सम्भावना कम गर्दछ । ६. मकैमा हुने भिटामिन ए र सीले छालालाई चम्किलो बनाउँछ ।
७. मकैको सेवनले अनुहारमा आउने चाउरीपनाबाट समेत बचाँउछ । ८. मकैमा हुने बिटा–क्यारोटिन, भिटामिन एले आँखाको ज्योती बढाउँछ ।
९. मकैको सेवनले बढ्दो उमेरमा हुने रतन्धोलगायतका सम्भावना कम गर्दछ । १०. मकैमा हुने कार्बोहाइड्रेटले शरीरलाई ऊर्जा थप्दछ ।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

खाली पेटमा यी कुरा खाँदा ध्यान दिऔँ नत्र बिरामी पर्न सक्छ

हामी आफ्नो स्वास्थ्यलाई ठीक राख्न अनेक उपाय अपनाइरहेका हुन्छौं । तर ससानो कुरालाई हामीले वास्ता नगर्दा हाम्रो स्वास्थ्यलाई हानि पुगिरहेको हुन्छ ।

स्वास्थ्य फाइदा बोक्रामा कालो दाग भएको केरा

छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X