Monday, September 21, 2020

Monday, September 21, 2020
अपराध गोंगबुमा विभत्स ह'त्या भएको अवस्थामा फेला परेको शव पहिचान नभएपछि प्रहरीद्वारा फोटो सार्वजनिक

गोंगबुमा विभत्स ह’त्या भएको अवस्थामा फेला परेको शव पहिचान नभएपछि प्रहरीद्वारा फोटो सार्वजनिक

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको एक शवको पहिचान नभएपछि प्रहरीले फोटो सार्वजनिक गरेको छ । आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो ।

अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

‘शव सनाखत हुन सकेको छैन’ हत्या अनुसन्धान गरिरहेका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले भने, ‘कसैले चिनेको भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छौं ।’

आइतबार टोखा नगरपालिका–१० स्थित गोंगवु गणेश स्थान नजिकै सुटकेशमा शव र दुई सय मिटरको दुरीमा घुँडाभन्दा तलको गोडाको भाग फेला परेको थियो ।

शव भेटिएको एक किलोमिटरको दुरीमा रहेका करिब १ हजार घरमा प्रहरीले सर्च अपरेशन चलाएको छ । वरपरका सिसिटिभी फुटेजबाट पनि हत्या गरेको स्थान र हत्यामा संलग्नहरुको क्लू प्रहरीले फेला पार्न सकेको छैन ।

‘प्रविधिको प्रयोग र ह्युम्यान इन्टेलिजेन्स दुवै विधिबाट अनुसन्धान गरिरहेका छौं’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘शव पहिचान गर्न गाह्रो भयो, मृतकका आफन्त र नातागोतासम्म पुग्ने प्रयास गरिरहेका छौं ।’

सम्बन्धित समाचार

रानीपाेखरीमा पानी भरियाे, माछा र हाँस कहिले राख्ने ?

काठमाण्डौको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ । तर माछा र हाँस भने अहिले छैनन् ।

मुख्यमन्त्री राईविरुद्धको मुद्दा फिर्ता लिने महिला पेरिसडाँडाबाट पक्राउ

काठमाडौंको कोटेश्‍वरस्थित पेरिसडाँडामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालयको गेटअघि धर्ना दिन पुगेकी दोलखाकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागु भयो यस्तो नयाँ नियम काठमाडौं छोड्नेहरुका लागि , [ सुचनासहित सबैलाई सक्दो शेयर गरौँ ]

नेपाल अनलाइन पत्रिका | काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका छोडेर जान चाहनेहरुका लागि नयाँ नियम लागु गरेको छ। बिहीबारदेखि नि’षेधाज्ञा खुकुलो बनाएको काठमाडौं...

के RT-PCR परीक्षण कामै नलाग्ने हो? फैलाइएका चार भ्रम र तथ्य

कोभिड-१९ को संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षणलाई अहिले केही षड्यन्त्र सिद्धान्तका रचनाकारहरुले ‘गाई कि त्रिशुल’ जस्तो भएको दावी गर्दै यसले कोरोना भाइरस पत्ता लगाउन नसक्ने हल्ला फैलाएका छन्।

ताजा समाचार

डन्डीफोरले अनुहार बिग्रियो ? यी उपाय अपनाउनुहोस्

सुन्दर देखिने चाहना सबैको हुन्छ। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ।

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X