Connect with us

नेपाल

बिहीबारदेखि सवारी पास वितरण नगर्न गृहको निर्देशन

गृह मन्त्रालयले बिहीबारदेखि सवारीसाधनका लागि उपलब्ध गराउँदै आएको पास वितरण नगर्न निर्देशन दिएको छ ।

Published

on

Nepal Online Patrika| Kathmandu: गृह मन्त्रालयले बिहीबारदेखि सवारीसाधनका लागि उपलब्ध गराउँदै आएको पास वितरण नगर्न निर्देशन दिएको छ ।

गृहले बुधबार एक सूचना जारी गर्दै कोरोना संक्रमणलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेदेखि सवारीसाधन पास उपलब्ध नगराउन निर्देशन जारी गरेको हो ।

यसअघि विभिन्‍न जिल्लामा अन्तर-जिल्ला सवारीसाधन सञ्‍चालनका लागि पास उपलब्ध गराइँदै आएको थियो ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि हुन थालेपछि उक्त पास वितरण कार्य रोकिएको हो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending