Monday, September 28, 2020

Monday, September 28, 2020
रोचक यी राशि हुनेलाई आइतबार विग्रिन सक्छ प्रेम सम्बन्ध – जानीराखौ

यी राशि हुनेलाई आइतबार विग्रिन सक्छ प्रेम सम्बन्ध – जानीराखौ

Published:

On: Nepal

Nepal Online Patrika: हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

आइतवार बिक्रम सम्बत् पात्रो मान्नेहरूलाई हप्ताको पहिलो बार हो । यसलाई संस्कृतमा रविवार पनि भनिन्छ । यसलाई भानुवारको नामले पनि चिनिन्छ । प्रेम अपनत्वको भाव हो । “प्रेम” मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । राशि अनुसार प्रेमका लागि विभिन्न बार अनुकुल हुने ज्योतिषशास्त्रीहरु बताउँछन् । यहाँ विभिन्न राशिलाई आइतबार प्रेम प्रसंग कस्तो हुन्छ भनेर चर्चा गरिएको छ ।

मेष राशि:
आइतबार मेष राशिका ब्यक्तिलाई प्रेमको दृष्टिकोणबाट राम्रो मानिँदैन । आइतबार मेश राशिका ब्यक्तिको प्रेममा झगडाको योग छ । आइतबार प्रेम प्रसंग अघि बढाउँदा सम्बन्ध जोडिने भन्दा टुट्ने सम्भावना बढी हुन्छ ।

वृष राशि:
वृष राशिका ब्यक्तिका लागि आइतबार सामान्य मानिन्छ । प्रेम प्रसंगमा पनि मध्यम नै हुन्छ । तपाइँको कुरा प्रेमि वा प्रेमिकालाई बुझाउन कठिन हुन्छ । मनलाई शान्त राखेको राम्रो ।

मिथुन राशि:
आइतबार मिथुन राशि भएकाहरुलाई प्रेमको दृष्टिले राम्रो मानिँदैन । प्रेम प्रसंग आइतबार भन्दा अन्यबार नै गर्नुस् । आइतबारको दिन प्रेमी प्रेमिकाबीच उल्टो मनमुटावको योग देखिन्छ ।

कर्कट राशि:
प्रेमको दृष्टिले कर्कट राशिका लागि राम्रो छ आइतबार । तपाइँका प्रेमि वा प्रमिका भाग्यशाली सावित हुन सक्छन् । प्रेमी प्रेमिकाले आइतबारलाई मधुर बनाउन सक्छन् । सकेसम्म प्रेम ब्यक्त गर्नुस् ।

सिंह राशि:
सिंह राशिलाई प्रेमको दृष्टिले आइतबार सबै भन्दा उत्तम हुन्छ । यो राशिका ब्यक्तिले प्रेम नै प्रेमको अनुभव गर्न सक्छन् । आफ्नो तरिकाले प्रेम ब्यक्त गर्नुस् महौल तपाइँको पक्षमा छ । प्रेम जीवनको आनन्द लिनुस् ।

कन्या राशि:
कन्या राशिका लागि प्रेमको दृष्टिले आइतबार राम्रो छैन । आइतबार प्रेम प्रसंग गर्नु भो भने तपाइँको विछोड हुन पनि सक्छ । खासगरी आइतबार प्रेम भन्दा पनि विवाहेत्तरको सम्बन्ध भएकाहरु समस्यामा पर्न सक्छन् ।

तुला राशि:
आइतबार तुला राशिका लागि प्रेमको दृष्टिले मध्यम छ । तपाइँहरुको बीचमा मतभेद आउन सक्छ । आइतबारको दिन प्रेम ब्यक्त गर्नका लागि सही छैन । विचार पुर्‍याएर मात्र गर्नुस् ।

वृश्चिक राशि:
प्रेम देखाउने बस्तु होइन भन्ने कुरा विचार गर्नुस् । दिलको कुरा बुझ्ने कोशिस गर्नुस् । यदि तपाइँलाई प्रेम देखाउने चिज हो भन्ने लाग्छ भने मात्र ब्यक्त गर्नुस् । अन्यथा अघि नबढ्नुस् । प्रेमलाई भोग गर्ने बस्तु पनि नठान्नुस् ।

धनु राशि:
धनु राशिका लागि पनि प्रेमको दृष्टिमा आइतबार प्रतिकुल छ । तपाइँले समयलाई आफ्नो पक्षमा राम्रो बनाउन नसक्ने पनि हुन सक्छ । तपाइँको जिद्धी स्वभाव घातक हुन सक्छ । अरुका कुरा सुन्नुस् ।

मकर राशि:
प्रेम जीवनमा पारदर्शी बन्नुस् । साथीत्वलाई बढी जोड दिनुस् । आफ्नो कुरा भन्नुस् आइतबार तपाइँका लागि शुभ हुन सक्छ । विग्रिएका सम्बन्ध पनि बन्न सक्छन् ।

कुम्भ राशि:
आइतबार कुम्भ राशिलाई खासै उत्साहजनक मानिँदैन । प्रेम ब्यक्त गर्नका लागि तपाइँको बोली कठोर बन्न सक्छ । तसर्थ सके सम्म कम बोल्नु राम्रो । बोल्नै परे अलि संयमित भएर बोल्नुस् ।

मीन राशि:
मीन राशिका लागि प्रेम ब्यक्त गर्न आइतबार नराम्रो मानिँदैन । यद्यपी प्रेममा एक्कासी अघी बढ्न खोज्नु भो भने आँधी पनि आउन सक्छ । केही समय लिएर प्रेममा अघि बढ्नुस् ।

सम्बन्धित समाचार

रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउन एक मात्र पत्ता दालचिनी!

दालचिनी खाने बानीले तपाईंलाई स्वस्थ राख्नुका साथै प्रतिरोधी क्षमतालाई बलियो राख्नका लागि मद्दत समेत पुर्याउछ । नियमित रुपमा मात्र एक पत्ता दालचिनी खानाले हाम्रो स्वास्थ्यमा यस्ता फाइदा गर्दछ।

यस्ता संकेतबाट थाहा पाइन्छ तपाईकाे गर्भमा छाेरा छ कि छाेरी भनेर

छोरा या छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण गरिनु गैरकानुनी मानिन्छ ।

यी ४ घरेलु उपाय दाँतको किरालाई मार्न र दुखाइ कम गर्नका लागी अपनाउनुस्

नियमित ब्रस नगर्दा दाँतको बीचमा आफूले खाएका अन्नका कणहरु बस्दछन्, जब यी कणहरु सड्न थाल्छन्, तब दाँतमा किरा लाग्न थाल्छ ।

कालो भएको घुँडा तथा कुहिनोलाई गोरो बनाउन यी घरेलु उपाय अपनाउनुहोस्, ३ दिनमै पाउनुहुनेछ फरक

साधारणतया हाम्रो हातको कुहिनो र घुँडाको भाग शरीरको अन्य भागको तुलनामा बढी कालो हुने गर्दछ । केही बाहिय कारण तथा थिचिएका कारण शरीरको अन्य भागको तुलनमा ती भाग बढी कालो देखिन्छ ।

ताजा समाचार

मुम्बई दोस्रो जित निकाल्ने योजनामा

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटमा आज (सोमबार) साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन् । सिजनको पहिलो खेल हारबाट सुरु गरेको मुम्बईले दोस्रो खेलमा भने जित निकालेको थियो ।

मुटुरोगीलाई कोरोना किन बढी खतरनाक ?

छाती दुखेर अस्पताल गएका एकजना कलाकार कोरोनाको डरले अस्पतालको गेटबाटै फर्के, तर उनलाई हृदयघातले छोडेन, केही समयपछि उनको मृत्यु भयो ।

‘१२‌औं श्रृंखला सुरु कौन बनेगा करोडपती’को, के-के नियम फेरिए ?

लोकप्रिय कार्यक्रम तथा खेल ‘कौन बनेगा करोडपती’को १२ औँ श्रृंखला यही सोमबार सुरु हुँदैछ ।

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।
X