Connect with us

नेपाल प्रहरी

बुलेट बाइक चलाउनेलाई खाेज्दै चिट काट्दै प्रहरी

कोरोना भाइरसको महामारीमा प्रहरीले अत्यावश्यक कामबाहेक अन्यलाई सकेसम्म घर बाहिर ननिस्किन भनिरहेको छ। नेपालमा जस्तै भारतमा पनि लकडाउन खुलेको छ|

Published

on

Nepal Online Patrika| Kathmandu: कोरोना भाइरसको महामारीमा प्रहरीले अत्यावश्यक कामबाहेक अन्यलाई सकेसम्म घर बाहिर ननिस्किन भनिरहेको छ। नेपालमा जस्तै भारतमा पनि लकडाउन खुलेको छ तैपनि कोरोना भाइरसको जोखिम कायमै रहेका कारण अत्यावश्यक कामबाहेक भिडभाड नगर्न प्रहरीले नियमित रुपमा सम्झाउँदै आएको छ। तर भारतको उत्तर प्रदेशस्थित वाराणसीमा भने प्रहरीले अनौठो हर्कत गरिरहेको छ, जुन विषय अहिले चर्चामा छ।

त्यहाँको प्रहरीले बुलेट मोटरसाइकल चलाउनेलाई चिट काटिरहेको छ र अटेरी गर्नेको मोटरसाइकल जफत नै गर्न थालेको छ। वाराणसी प्रहरीको दाबी छ कि, मोडिफाइट साइलेन्सर राखेर बुलेट बाइक चलाउँदा कोरोनाका कारण अशान्त बनिरहेका व्यक्तिहरुको शान्ति झनै भंग भइरहेको छ।

अत्यावश्यक कामबाहेकका मानिसहरु घर बाहिर निस्किएका छैनन् र उनीहरुलाई यस्ता मोटरसाइकलको आवाजले अशान्त बनाइरहेको छ भन्ने दाबी प्रहरीले गरिरहेको छ। यसैकारण प्रहरीले ठूलो संख्यामा बुलेट मोटरसाइकल नियन्त्रणमा समेत लिएको छ।

ठूलो आवाज भएका मोटरसाइकलले मानिसको शान्ति भंग गरेको र यसको धेरै ‘कम्प्लेन’ आएकाले बुलेट मोटरसाइकल नियन्त्रणमा लिनुपरेको वाराणसीको यातायात प्रहरीका प्रमुखले बताएका छन्।

उनका अनुसार कतिपय अभिभावक नै प्रहरी कार्यालय पुगेर आफ्ना सन्तानले ठूलो आवाज निकाल्ने मोटरसाइकल नचालाउन आग्रह गर्दा नमानेको भन्दै प्रहरीलाई नियन्त्रणमा लिइदिन उजुरी दिएका छन्। अहिले वाराणसीका यातायात प्रहरी बुलेट मोटरसाइकल देख्नासाथ नियन्त्रणमा लिने, चिट काट्ने र राख्ने काममा जुटेको छ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending