Thursday, September 24, 2020

Thursday, September 24, 2020
अन्तर्राष्ट्रिय क्यानडामा गाडीको ठक्करले एक नेपाली बालकको मृ'त्यु

क्यानडामा गाडीको ठक्करले एक नेपाली बालकको मृ’त्यु

Published:

On: Nepal

Nepal Online Patrika| Source: टोरन्टोको इटोविकोमा भएको सडक दुर्घटनामा एकजना नेपाली बालकको ज्यान गएको छ । मंगलबार घटेको दुर्घटनामा क्यानाडामा बसोबास गरिरहेका रमेश भट्टराई र सबिना पाठकका तीन वर्षीय छोरा रायनको मृत्यु भएको हो । चितवनको माडी घर भएका रमेशको परिवार चार वर्षअघि क्यानाडा आएको थियो ।

दुर्घटनामा ३६ वर्षीय रमेश र उनकी सात वर्षीया छोरी सारा सामान्य घाइते भएका छन् । स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको उपचार भइरहेको टोरन्टो प्रहरीले जनाएको छ । सामान्य घाइते रमेश उपचारपछि डिस्चार्ज भएका छन् । पेट र खुट्टामा चोट लागेकी उनकी छोरीको ‘सिक किड हस्पिटल’ को आकस्मिक विभागका उपचार भइरहेको एनआरएनए क्यानाडाका महासचिव पिताम्बर भट्टराईले बताए ।

टोरन्टो प्रहरीका अनुसार रमेश आफ्ना छोराछोरीसहित सडक पार गर्ने क्रममा थिए । त्यही बेला उनीहरुलाई गाडीले ठक्कर दिएको थियो । दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउने प्रक्रिया अघि बढाउन कानुन व्यवसायीसँग सल्लाह भइरहेको छ । ठक्कर दिने गाडीका चालक पनि घाइते भएको जनाइएको छ । एकजना वृद्धाले गाडी गाडी चलाइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।

साँझ बस्दै मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक आज बस्दैछ।

ईसेवा मार्फत भुक्तानी गर्न सकिने धरान उपमहानगरको कर अब

धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिनेछ ।

ताजा समाचार

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।
X