Monday, September 21, 2020

Monday, September 21, 2020
कोरोना भाइरस खुशीको खबर नेपालमा पनि आयो कोरोनाको औषधी भर्खरै

खुशीको खबर नेपालमा पनि आयो कोरोनाको औषधी भर्खरै

Published:

On: Nepal

Nepal Online Patrika | kathmandu: आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ। आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशी भन्छन्, ‘आयुर्वेदिक औषधिमा विभिन्न रो’गप्रतिरोध क्षमता बढाउने जडीबुटीको प्रयोग हुने भएको कारण कोरोनासँग लड्न सक्ने क्षमता चाँडो विकास भई निको भएको हो ।’

उहाँका अनुसार कोरोना सङ्क्रमणका कारण भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वा’सप्रश्वाससम्बन्धी रो’गमा प्रयोग हुने र रो’ग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको डा.जोशीले जानकारी दिए।

कोरोना सङ्क्रमण पुष्टि भएपछि भक्तपुरकी २२ वर्षीय नर्स कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना हुनुभयो । आफूले बि’रामीलाई एलोपेथिक औषधिमात्र सेवन गर्न दिने गर्ने गरको उहाँले कहिले पनि आयुर्वेदिक औषधि प्रयोग गर्नुभएको थिएन । आयुर्वेदिक चिकित्सकहरूको सल्लाहबमोजिम सोही औषधि सेवन गरको र अहिले आफूलाई स’मस्या नभएको बताए।

आफू १० दिनमा डिस्चार्ज भएको जानकारी दिँदै दैनिक तीन पटक दुई वटा औषधि खाएकाे र त्यसैले काेरोनालाई सजिलै जित्न सकेकाे उनले बताए। ‘अहिलेसम्म पनि कुनै पनि न’राकात्मक असर देखा परेको छैन भने मैले आफ्नो नर्सको ड्युटी पनि समालिसकेको छु,’ उहाँले भने ।

उनी मात्र होइन बाग्लुङका ३५ वर्षीय जङ्गबहादुर केसीलाई पनि कोरोनालाई जित्न आयुर्वेदिक औषधिले धेरै मद्दत गरेको बताउँछन्। कतारबाट नेपाल आएको केसी भक्तपुरस्थित राधेराधेमा होल्डिङ सेन्टरमा बसेपछि पीसीआर टेस्ट गराउँदा पोजिटिभ देखेको थियो । खासै कुनै कोरोनाको लक्षण नदेखिएको र उनले अस्पतालमा हुँदा तातो पानीमा बेसार र नुन हालेर दैनिक रुपमा खान्थे ।

केसी भन्छन्, ‘अस्पतालको व्यवस्था धेरै राम्रो छ । कोठा तातो पानीको व्यवस्था थियो र दैनिक रोग प्रतिरोधात्मक शक्ति बढाउने आयुर्वेदिक औषधि दिनको तीन पटक खान दिन्थ्यो ।’ आठ दिनमा नै कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्केको जानकारी दिँदै थपे, ‘हाल हर्बल चिया र चेवनप्रासको सेवन गरिरहेको छु । अहिले म आफूलाई स्वस्थ्य र बलियो पनि महसुस गरिराखेको छु ।’

गत असार २५ र २६ गते भर्ना भएका उनीहरू एक हप्तामै डिस्चार्ज भएको अस्पतालले जनाइएको छ । डा.जोशीले पहिलोपटक भर्ना भएका २० जना कोरोना सङक्रमित व्यक्तिहरू सबै डिस्चार्ज भएकाे बताउनुभयो । त्यसलगत्तै दोस्रोपटक पनि २० जना भर्ना भएकाे थियाे । जसमा १४ जना डिस्चार्ज भइसकेको जानकारी दिए।

आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका चिकित्सक तथा कोभिड-१९ का संयोजक डा. जितेन्द्र श्रेष्ठले हाल अस्पतालमा १६७ जना रहेको जानकारी दिँदै थपे, ‘पुरुष १२१ र महिला ४७ जना उपाचारमा रहनुभएको छ । उहाँहरूलाई पनि सोही औषधिको प्रयोग गरिरहेका छाैँ । सबैको अवस्था सामान्य नै रहेको छ ।’

अहिलेसम्म दुई जनालाई गङ्गालाल अस्पताल र एक जनालाई आइसियुको लागि टेकु पठाइएको उनले बताए । भर्ना भएकामध्ये तीन जनामा मात्र सामान्य रुघाखोकी, श्वास फेर्न गा’ह्रो हुने र ज्व’रो आ’उनेजस्ता मध्यम लक्षण देखिएका थिए भने अरूमा खासै लक्षण नदेखिएकाे डा. श्रेष्ठले जानकारी दिए। उनका अनुसार भर्ना भएका सबैलाई स्वस्थ पार्ने विषयमा केन्द्रका विज्ञ चिकित्सकबीच छलफल गरी सङ्क्रमितलाई विभिन्न आयुर्वेदिक औषधि दिइएको हो ।

सम्बन्धित समाचार

आजदेखि नियमित आन्तरिक उडान सुरु

छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

रानीपाेखरीमा पानी भरियाे, माछा र हाँस कहिले राख्ने ?

काठमाण्डौको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ । तर माछा र हाँस भने अहिले छैनन् ।

लकडाउनमा कार्बनडाइअस्साइड र विषालु कणको स्तर १५–३० प्रतिशत बढ्यो

कोरोनाकालमा एक सकारात्मक कुरा पुरै विश्वले देखेको छ । यो अवधिमा सडकमा सवारी नचलेको र कारखाना पनि बन्द भएको थियो ।

२४ घन्टामा १३ सय २५ जनामा कोरोना संक्रमण, ९ सय ६६ डिस्चार्ज

मुलुकभर १३ सय २५ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

ताजा समाचार

डन्डीफोरले अनुहार बिग्रियो ? यी उपाय अपनाउनुहोस्

सुन्दर देखिने चाहना सबैको हुन्छ। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ।

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।
X