Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
अन्तर्राष्ट्रिय व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउन खोजेपछि…

व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउन खोजेपछि…

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउने एक युवतीको प्रयास असफल भएको छ ।भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र थुनिएका इब्राहिम जोसे भार्गस गार्सियालाई भगाउन उनकी २५ वषिर्या प्रेमिका एन्टोनीटा रोब्लेस साउदाले गरेको प्रयास असफल भएको हो ।

कार चोरीको आरोपमा पक्राउ परेका इब्राहिम जेलमा थिए, उनलाई भेट्न गएको गर्लफ्रेण्डले सुटकेसमा काेचेर उनलाई जेलबाट भगाउने प्रयास गरेकी थिइन् । कार चोरीको आरोपमा इब्राहिमलाई अदालतले ९ वर्षको जेल सजाय सुनाइएको थियो।

व्वाइफ्रेण्डलाई भेट्ने बहानामा गुलाबी रंगको सुटकेश लिएर जेलभित्र पसेकी एन्टोनिटालाई कसैले ध्यान दिएनन् । तर आधा घन्टापछि जेलबाट निस्कदा सुटकेश भारी भएर उनलाई घिस्याउन निकै गाह्रो पर्‍यो । त्यो देखेपछि एक सुरक्षा गार्डले शंका लागेर सुटकेश खोल्न लगाए ।

जब उनी सुटकेस खोल्न वाध्य भइन्, भित्र इब्राहिम पोको परेर बसिरहेका थिए । सजिलोका लागि सुटकेसभित्र अरु सामान पनि कोचिएको रहेछ । सुरक्षाकर्मीले तुरुन्तै इब्राइमलाई जेलभित्र हुले अनि उनकी प्रेमिकालाई पनि पक्राउ गरे ।

सम्बन्धित समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

यी हुन् पहिलो नेपाली कोरोनाविरुद्धको खोप लगाउने

रुसको राजधानी मस्कोमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X