Connect with us

रोचक

यी हुन् महिलामा हुनैपर्ने ३२ लक्षण, तपाईँमा छ त ?

हिन्दु धार्मिक परम्पराअनुसार विवाहका बेला बर बधुको चिना मिलाउँदा युवती (महिला)को लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती (महिलालाई सर्वश्रेष्ठ मानिन्छ ।

Published

on

Nepal Online Patrika: हिन्दु धार्मिक परम्पराअनुसार विवाहका बेला बर बधुको चिना मिलाउँदा युवती (महिला)को लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती (महिलालाई सर्वश्रेष्ठ मानिन्छ । धर्मशास्त्रअनुसार पनि ‘३२ गुणले सम्पन्न’ नारीबारे उल्लेख गरिएको हुन्छ ।

धेरैलाई थाहा नहुनु सक्छ, महिलनामा हुनु पर्ने ३२ वटा गुणहरु के के हुन् भनेर । यो आलेमा महिलामा हुनुपर्ने ३२ गुणबारे उल्लेख गरिएको छ ।

१) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।

२) हातका औँला लामा–लामा हुनु ।

३) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।

४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।

५) शरीरमा विभिन्न सात सुगन्ध हुनु ।

६) हरिणका जस्ता फिला हुनु ।

७) गुप्ताङगहरु गुप्त रहनु ।

८) शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।

९) शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।

१०) काँध पुष्ट, चौडा र गोलो हुनु ।

११) पाखुरा राम्ररी फर्कने हुनु ।

१२) पाखुरा लामा हुनु ।

१३) सम्पुर्ण शरीर तेजोमय हुनु ।

१४) शंख समान घाँटी हुनु ।

१५) सोझो र सिंहको जस्तो चिउँडो हुनु ।

१६) ३२ वटा दाँत हुनु ।

१७) चम्किला र टमक्क जोडिएका दाँत हुनु ।

१८) समान मिलेका दाँत हुनु ।

१९) बंगारा स्वच्छ र सुन्दर हुनु ।

२०) जिब्रो लामो हुनु ।

२१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

२२) पातलो (सुरिलो) स्वर हुनु ।

२३) बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु ।

२४) कुरा (बाचा)मा अडिक रहनु ।

२५) आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु ।

२६) मिलेको कपाल हुनु ।

२७) अल्छी नहुनु ।

२८) अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।

२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।

३०) चमक्क चम्किने केश हुनु ।

३१) स्वभाव लज्जालु हुनु ।

३२) दुढ आत्मविश्वास हुनु ।

गाला हेरेरै थाहा हुन्छ महिलाको स्वभाव, कोठी र डिम्पलले दिन्छ यस्तो संकेत:

हुन त सबैले मुस्कुराएको राम्रै देखिन्छ तर अझ महिलाले मुस्कान छोडेको चाहिँ गजबै देखिन्छ । प्रसन्न हुँदा महिलाको गालामा लालिमा आउँछ र छालामा एकखाले चमक देखिन्छ । गाला हेरेर कुन महिला कस्ती हुन् बताउन सकिन्छ ।

जुन महिलाको दाहिने गालामा कालो कोठी छ, ती धनी, वैभवशाली र चरित्रवान हुन्छिन् । यस्ता महिलाले आफ्ना आवश्यकताहरूलाई नियन्त्रणमा राख्छन्। उनीहरूले भौतिक सुख पनि पाउँछन्।

जुन स्त्रीको देब्रे गालामा कालो कोठी छ, उक्त स्त्री बुद्धिमान, शिक्षामा रुचि राख्ने र सौन्दर्यप्रति लगाव भएकी हुन्छिन्। जुन महिलाको गाला अनुहारको तुलनामा सानो हुन्छ, तिनी धनवान हुन्छिन् र परिवारमा प्रशंसाको पात्र हुन्छिन् । यस्ता स्त्रीले आफ्ना कार्य चतुरतापूर्वक गराउँछिन् ।

जुन महिलाको गाला आवश्यकताभन्दा बढी तल लोलिएको हुन्छ, ती स्त्री आफ्नो सासू, ससुरा र देवरका लागि अशुभ मानिन्छिन् । यस्ता महिलालाई खानामा विशेष रुचि हुन्छ ।

देब्रे गाला सानो भएकी महिलाको मृत्यु पतिभन्दा अघि हुन्छ । यस्ता स्त्री एकदमै शालीन र मिलनसार हुन्छन् । हाँस्दाखेरी गाला फुल्ने महिला मेहनती हुन्छन् । पचास वर्ष कटेपछि यिनीहरूले सुखप्राप्ति गर्छन् ।

हाँस्दाखेरी गालामा खाल्डो वा डिम्पल पर्ने महिला तीक्ष्णबुद्धि भएकी, विवेकशील, छिट्टोछिट्टो कुरा गर्ने तथा आफ्नो गतिविधिका कारण सबैको हृदयमा स्थान लिने खालकी हुन्छिन् । यस्ता स्त्रीले धेरैसँग प्रेम गर्छन्।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending