अनिल र नीतु ‘रिल लाइफ’ जोडी बन्दै

0
183

Nepal Online Patrika| Source: बलिउड अभिनेता अनिल कपुर र नीतु कपुर ‘रिल लाइफ’ जोडी बन्दै छन् । अनिल र नीतुको जोडी ‘गुड न्युज’ निर्देशक राज मेहताले बाँध्‍न लागेका हुन् ।

बलिउड हंगामाका अनुसार अनिल र नीतु अभिनेता वरुण धवनको आमाबुबाको भूमिका निभाउँदै छन् । यद्यपि उनीहरुको पात्रको विशेषताबारे भने गोप्य राखिएको छ । चलचित्रको लिड रोलमा वरुण धवन र कियारा आडवाणी रहनेछन् ।

रोमान्टिक कमेडी जनरामा बन्‍ने चलचित्रको स्क्रिप्टमा ऋषभ शर्मा लामो समयदेखि लागिरहेका थिए ।

चलचित्र यही अक्टोबरको अन्तिम वा नोभेम्बरको पहिलो साताबाट छायांकनमा जाने योजना बनाइएको छ ।

६ वर्षको ग्यापपछि नीतु चलचित्रमा फर्किन लागेकी हुन् । उनी सन् २०१३ मा रिलिज भएको चलचित्र ‘बेसरम’ मा ऋषि कपुर र रणवीर कपुरसँग देखिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here