Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
मनोरञ्जन पारसले किन राखे पूर्व राजा ज्ञानेन्द्र शाहसँगको | यो तस्बिर बाबुको मुखहेर्ने दिनमा

पारसले किन राखे पूर्व राजा ज्ञानेन्द्र शाहसँगको | यो तस्बिर बाबुको मुखहेर्ने दिनमा

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: पूर्व राजा ज्ञानेन्द्र शाह र छोरा पारस शाहबीच सम्बन्ध चिसिएको खबरहरु आइरहन्छन् । पारस परिवारबाट टाढिएका छन् । उनी बेला बेलामा विवादमा आइरहन्छन् ।

यसपटक पारसले बाबु ज्ञानेन्द्रसँगको तस्बिर राखेका छन् । बाबुको मुख हेर्ने दिन हेपी फादर्स डे लेखेर ज्ञानेन्द्रसँग नजिक पुगेर कुरा गरिरहेको पुरानो तस्बिर राखेका छन् । पारसले यो तस्बिर राख्नुमा बाबु ज्ञानेन्द्रसँग सुमधुर सम्बन्ध रहेको सन्देश दिनु रहेको बुझिएको छ । यसैगरी पारसका छोरी पूर्णिकाले पनि तस्बिर राखेर बाबुप्रति प्रेमभाव दर्शाएकी छिन् |

रचिएको ६० वर्षपछि रेकर्ड भएकाे राष्ट्रकविको गीत, त्यसरी होस् मरण!

शताब्दीभन्दा बढी बाँचेर अमर भए राष्ट्रकवि माधवप्रसाद घिमिरे। मंगलबार बेलुका मृत्युवरण गरेका घिमिरेले आफ्नो मृत्युपछि बजाउनु भनी रेकर्ड गर्न लगाएको गीत ‘त्यसरी होस् मरण’ मा आफ्नो ‘मृत्यु–यात्रा’ सबिस्तारित इच्छा व्यक्त गरेका छन्।

गीतले भन्छ,

त्यसरी होस् म’रण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होस् मरण ।।
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लुँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भूईँमा बिना पवन
त्यसरी होस् मरण ।।
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो रासमा, दुईवटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैमा हुन्छन् अर्पण
त्यसरी होस् म’रण ।।
अमरापुरी सभामा आफैलाई गरूँ वरण
त्यसरी होस् म’रण ।।

१०२ औँ वर्षका दिनहरु बिताउँदै गर्दा कवि घिमिरेकाे प्रा’ण शरीरबाट बाहिरियो । तर उनले मृत्युको कल्पना या भनौँ इच्छित मोक्षको प्रक्रिया जीवनको चौथो दशकमै ‘मृ’त्यु–गीत, त्यसरी होस् म’रण’ मार्फत गरेका थिए। २०३३ सालमा प्रकाशित भएको ‘किन्नर–किन्नरी’ मा समाविष्ट ‘त्यसरी होस् म’रण’ आफ्नो मृ’त्युलाई परिभाषित गर्ने र मृ’त्युपछि बज्ने धुन बनोस् भन्ने उनको चाहना थियो । र भयो पनि त्यस्तै।

राष्ट्रकविको सयौँ जन्मोत्सव आउँदै थियो, छोरी शान्ति अधिकारीले पिताको इच्छा अनुरुप गीतमा संगीत र स्वर भर्ने प्रक्रियाको नेतृत्व गरिन्।

‘उहाँ सय वर्ष पुग्दै हुनुहुन्थ्यो, मलाई संगीतको प्रस्ताव आयो । गीत हेरेँ, छाति फुल्यो, भीमकाय जिम्मेवारी थियो–जीवनलाई परिभाषित गर्ने मृ’त्यु–गीतमा संगीत भर्नु ।’ राष्ट्रकविको त्यसरी होस् म’रणमा संगीतकार तथा संगीत संयोजक आशिष अविरलेले स्मरण गरे।

उनले भने, ‘उहाँले गीत रेकर्ड गरेर राख, मलाई नसुनाउ, मेरो मृ’त्युपछि शव यात्रामा बजाउनु भन्नु भएको रहेछ । मैले गीत पाएँ, संगीत सिर्जना गर्ने क्रममा गीतसँग भावनात्मक रुपमा अति नजिक र अति परबाट पनि जोडिएँ जस्तो लाग्यो । मलाई विचलित पनि बनायो।’

गीत बनाइसकेपछि आशिषलाई राष्ट्रकविसँग भेट्ने मन थियो, सुनाउने मन थियो आफूले भरेको संगीत । तर इच्छाविपरित जान सकेनन्, बाँधेर राखे आफूलाई । उनले भने, ‘राष्ट्रकविलाई भेट्न जाने मन थियो, तर बोल्दै जाँदा गीतको कुरा निस्केला र उहाँको इच्छाको सम्मान नहोला भनेर संगीत भरेपछि उहाँको निकटमा जानेरै परिनँ । अलि परपरबाट उहाँका कुराहरु मात्रै सुनिरहेँ।’

मृ’त्यु प्रक्रियालाई सबिस्तारमा बताइएको सिर्जनालाई न्याय गर्ने गरी संगीत भर्न आफूले चुनौतिपूर्ण यात्रा तय गरेको बताएका संगीतकार आशिष अविरलले भने, ‘यो गीत मृ’त्यु–गीत भए पनि यसले जीवनलाई समेटेको जस्तो लाग्छ।’ उनले थपे, ‘हुन त यो गीत सम्पूर्णतः राष्ट्रकविको हो, तर संगीतले गर्दा म पनि जोडिएँ । यस्तो लाग्छ कि यो उहाँको मात्रै होइन मेरो पनि मृ’त्युपछिको गीत हो वा मैले चाहेको मृत्युको पनि यसले कथा बोलेको छ।’

शब्दलाई काया र संगीत–स्वरलाई स्वास मान्ने हो भने राष्ट्रकविको ‘त्यसरी होस् म’रण’ गीतमा प्रा’ण भर्ने प्रक्रियाका अर्का प्रमुख पात्र हुन्, गायक कर्ण दास।

मंगलबार बेलुका भाइको टेलिफोन मार्फत राष्ट्रकविको नि’धनको खबर पाएका कर्ण दासले बुधबार बिहानै गीतबारे कुरा गर्दा भने, ‘संगीत सिर्जना भइसकेपछि यो गीतसँग जोडिने मौका मिलेको थियो । डमी सुनेँ, त्यसपछि संगीतकार आशिष अविरलसँग भेट भयो, गीतको शब्द केलाउँदै जाँदा भित्र अन्तरमनमा हल्लायो।’

केही संयोगहरुले उनलाई केही भिन्न परिवेशमा पनि लगेको सुनाए, ‘कविले ४०–४१ वर्षको हुँदा रचना गरेको, म ४३ वर्षको हुँदा गाउने प्रस्ताव आयो अर्थात लेखिएको ६० वर्षपछि गीत रेकर्ड हुँदै थियो । जीवन र मृ’त्युलाई जोड्ने पुल जस्तो भावको गीत मैसम्म कसरी आइपुग्यो भनेर भिन्न महसुस पनि भएको थियो।’

राष्ट्रकविसँग गीत रेकर्ड गर्नुअघि धेरैपटक भेटेका कर्ण दासलाई आफ्नो आवाजमा भेटेरै गीत सुनाउने मन थियो । तर उनले राष्ट्रकविको इच्छा थाहा पाए । ‘परिवारबाट थाहा पाएँ कि यो गीत मृत्युपछि मात्रै बजोस् वा सार्वजनिक होस्, आफूलाई नसुनाइयोस् भन्ने चाहना छ भन्ने । त्यसपछि जानेरै मैले उहाँलाई भेट्न गइन् । मन हुँदाहुँदै पनि गति रेकर्ड भएपछिको समय उहाँबाट पर रहेँ।’

राष्ट्रकविको चाहना थाहा पाएपछि भावनात्मक सम्बन्ध थप उचाइमा पुगेको अनुभूत गरेको बताउने कर्ण दासले भने, ‘एउटा व्यक्ति जसको इच्छा, मृत्युपछि बजोस् भन्ने । अनि मैले सम्मान स्वरुप उहाँलाई भेट्ने निर्णय गरेको हुँ।’

‘गीत मेरो पोटलीमा पर्नु नै उहाँसँगको मेरो सामिप्यता हो जस्तो लाग्यो । भेट भन्दा माथि थियो त्यो।’

गीतले मृ’त्युको कुरा गरे पनि त्यसले जीवनलाई अति निपूर्णताले परिभाषित गरेको कर्ण दासलाई लाग्छ । ‘उहाँले पारिजातको कुरा गर्नु भएको छ, घामको कुरा छ । यो सबै जीवनलाई बुझेर, जीवनका सबै पक्षहरुलाई बुझेर मात्रै गर्न सकिन्छ त्यस्तो सिर्जना।’

राष्ट्रकविको प्राण वायुमा विलिन भएपछि सार्वजनिक भएको वा पूर्ण स्वरुपमा जन्मिएको गीतबारे गायक कर्ण दासले भने, ‘मृ’त्यु अघि नै मृत्यु देखेर लेखिएको गीत हो । मृ’त्युसँग कुनै डर नभएपछि वा स्वीकार गरेर लेखिएको हो । जीवन र मृ’त्युलाई छर्लङ्ग पार्ने यस्तो सिर्जना सानो हृदयले परिकल्पना गर्नै सक्दैन।’

उनले भने, ‘यो सत्यको गीत हो। स्पष्टताको गीत हो। जीवनको गीत हो।’

सम्बन्धित समाचार

टिकटकबाट कलाकार छान्दै प्रियंका कार्कीले..

नेपाली चर्चित नायिका प्रियंका कार्की हुन् । उनी पछिल्लाे समय काेराेनाकाे कारणले घरमै बसिरहेकि छिन् । अब मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ ।

सुपुष्पाको पलसँग फिल्म गर्ने इच्छा

फिल्म ‘रणवीर’ बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी सुपुष्पा भट्ट लकडाउनभन्दा अगाडि फिल्म ‘चपली हाइट ३’ को प्रचारमा व्यस्त थिइन् ।

अनमोल, प्रदिप र पलको फिल्मी लाइनअप

लकडाउनका कारण ठप्प चलचित्र क्षेत्र कहिलेबाट खुल्छ पक्का छैन । चलचित्र क्षेत्र खुलेपछि यो क्षेत्र कसरी अगाडि बढ्छ भन्ने पनि अड्कल लगाउन मुश्किल छ ।

सुशान्तको फार्म हाउसमा भेटियो यति ठुलो प्रमाण….

सुशान्त सिंह आ-त्मह-त्या प्र’करणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले आफ्नो का-रबाही जारी राखेको छ। ड्र-ग मा-मिलामा रिया चक्रवर्ती गि-रफ्तार भएपछि एनसिबीले ड्र-ग बिक्रेता तथा प्रयोगकर्ताहरूको छा’नबिन गरिरहेको छ। यसैबीच एनसिबीले सुशान्तको फार्महाउसको त’लासी लिएको छ। फा’र्महाउसबाट विशेष सामानहरू एनसिबीको हा’त लागेका छन्। भारतीय मिडिया आज तकका अनुसार, छा’नबिनका दौरान सुशान्तको फार्म हाउसमा एनसिबीको टिमले हु’क्का पि’उने सामान, गाँ’जा पि’उन प्रयोग गरिने सा’मान र केही औ’सधिहरू फ़े’ला पारेको छ। एनसिबीको टिमले त्यहाँ केही न’शालु प’दार्थका लागि प्र’योग गरिने सामान पनि भे’टाएको तर ती सामानलाई पहिले नै धेरै नि’र्मलीकरण गरिसकिएको बताएको छ। यसबाट फार्म हाउसमा नियमित पा’र्टी हुने गरेको खु’लासा भएको छ। एनसिबीको नजर अब सो फा’र्म हाउसमा आउने जानेमाथि रहेको छ। यहाँ को को आउँथे र के के हुन्थ्यो यसबारे ग’हिरिएर छा’नबिन भैरहेको एनसिबीले बताएको छ। एनसिबीले सुशान्तको फा’र्महाउसमा भएको सिसिटिभीको DVR लाई सिज गरेको छ। यसबाट सुशान्तको घरमा आउने जाने मानिसबारे प’त्ता लगाउन सकिने छ।

ताजा समाचार

मन्त्रीहरुको सूची बन्दै

नेकपाको विवाद शक्ति र सत्ता बाँडफाँडमा गएर टुंगिएपछि मन्त्रिमण्डल हेरफेरको तयारी सुरु भएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने सहमति गरेपछि नयाँ मन्त्रीहरुको सूचि बनाउने क्रम सुरु भएको बालुवाटार स्रोत बताउँछ ।

रोजगारी गुमेका नेपालीहरूका लागी कतारबाट आयो अहिले सम्मकै खुशीको खबर

कतारमा कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिक स्वदेश फर्कनु नपर्ने भएको छ ।कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि उनीहरूले पुनः रोजगारको मौका पाउने भएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो ।

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने यस्तो छ तयारी

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्।

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।
X