Wednesday, September 23, 2020

Wednesday, September 23, 2020
नेपाल लिपुलेक पासमा चिनियाँ जनमुक्ति सेनाको ब्रिगेड नै तैनाथ, नयाँ दिल्लीमा तरंग

लिपुलेक पासमा चिनियाँ जनमुक्ति सेनाको ब्रिगेड नै तैनाथ, नयाँ दिल्लीमा तरंग

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: नेपाल र भारतबीच तनाव भइरहेको लिपुलेक पासमा चीनले जनमुक्ति सेनाको ब्रिगेड तैनाथ गरेको छ । यसअघि लिपुलेक पास नजिकै केही सैनिक तैनाथ गरेको चीनले अचानक सैनिकको तैनाथी बढाएर १५० लाइट कम्बाइन्ड आर्म्र्स ब्रिगेडको तैनाथी गरेको छ । रिपोर्टका अनुसार यो ब्रिगेडलाई दुई हप्ता पहिले तिब्बतबाट चीनको लिपुलेक ट्राइजंक्सनतर्फ तैनाथ गरिएको छ ।

ब्रिगेड त्रिदेशीय सीमाको केवल १० किलोमिटरको दूरीमा तैनाथ गरिएको छ । चीनले जुलाइमै पाला नजिकै करिब १ हजार सैनिक तैनाथ गरेको थियो । चीनको जनमुक्ति सेनाले त्यहाँ स्थायी चौकी पनि बनाएको थियो । सूत्रका अनुसार २ हप्ता पहिले त्यो क्षेत्रमा २ हजार सैनिक तैनाथ गरेका थिए । लिपुलेक ताल नजिकै १७ हजार फिटको उचाइमा भारतले सडक निर्माण गरेपछि नयाँ दिल्ली र काठमाडौंको बीचमा तनाव पैदा भएको थियो ।

यो क्षेत्र नेपालको सीमाभित्र पर्ने र भारतले अतिक्रमण गरेको भन्दै नेपालले यस क्षेत्रमा आफ्नो दावी गर्दै आएको छ । नेपालले यी क्षेत्र आफ्नो नक्सामा समेटेर परिमार्जित नक्सा जारी गरिसकेको छ । यो सडक मुख्य गरी कैलाश मानसरोवर जाने तीर्थयात्रीहरुले प्रयोग गर्छन् । पछिल्लो समय नेपाल र भारतबीच विगत ३ महिनादेखि विवाद भइरहेको छ ।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

विद्यालय खुल्न थाले

कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।

प्रधानमन्त्रीको मुडमा चल्छ कि प्रहरी आईजीपीको आदेशमा ?

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X