Friday, September 25, 2020

Friday, September 25, 2020
नेपाली चलचित्र पूजा र प्रकाशविचको विवाद टुंगियो

पूजा र प्रकाशविचको विवाद टुंगियो

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविच केही समयदेखि चलिरहेको विवाद टुंगिएको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा पूजा र प्रकाशविचको विवाद समाधान भएको हो ।

दुइपक्षविच भएको सहमतीमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको छ ।

साथै, अब प्रकाशले संचालन गर्दै आएको कार्यक्रममा पेशागत मर्यादामा रहेर प्रचलित कानुन र पेशागत आचारसंहिताको परिपालना तर्फ सजग रही भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृत्तीमा दुबैपक्ष संवेदनशिल र र सचेत रहने कुरा उल्लेख छ ।

संचारकर्मी प्रकाश सुवेदीले आफूले संचालन गर्दै आएको कार्यक्रममार्फत पत्रकारिता आचारसंहिताको उल्लंघन गर्दै आफूलाई अपशब्द प्रयोग गरेको भन्दै नायिका पूजा शर्माले कलाकार संघ लगायत विभिन्न संस्थामा उजुरी दिएकी थिइन् । कार्यक्रमबाट प्रकाशले माफी मागेपनि पूजाले माफी चित्त नवुझेको बताएकी थिइन् ।

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दुबै पक्षलाई राखेर सहमती गरिएको बताए । उनले, अब आगामी दिनमा कार्यक्रममा नेपाली चलचित्र र कलाकारलाई होच्याउने खालका शब्द प्रयोग हुने छैनन् भन्नेमा आफूहरु आशावादी रहेको पनि सुनाए ।

सम्बन्धित समाचार

हल खुलेको अवस्थामा पनि निर्माता चलचित्र चलाउन तयार छैनन्

चलचित्र निर्माताहरुले तत्काल सिनेमा हल सञ्चालनमा आए पनि अहिलेकै अवस्थामा चलचित्र रिलिज गर्न नसकिने बताएका छन् ।

टिकटकबाट कलाकार छान्दै प्रियंका कार्कीले..

नेपाली चर्चित नायिका प्रियंका कार्की हुन् । उनी पछिल्लाे समय काेराेनाकाे कारणले घरमै बसिरहेकि छिन् । अब मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ ।

सुपुष्पाको पलसँग फिल्म गर्ने इच्छा

फिल्म ‘रणवीर’ बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी सुपुष्पा भट्ट लकडाउनभन्दा अगाडि फिल्म ‘चपली हाइट ३’ को प्रचारमा व्यस्त थिइन् ।

अनमोल, प्रदिप र पलको फिल्मी लाइनअप

लकडाउनका कारण ठप्प चलचित्र क्षेत्र कहिलेबाट खुल्छ पक्का छैन । चलचित्र क्षेत्र खुलेपछि यो क्षेत्र कसरी अगाडि बढ्छ भन्ने पनि अड्कल लगाउन मुश्किल छ ।

ताजा समाचार

बायर्न म्युनिखले चुम्यो सुपर कपको उपाधि

जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि हात पारेको छ ।

बत्ति किन झ्याप्प झ्याप्प जाँदैछ ? प्राधिकरणले दियो यस्तो स्पष्टीकरण

नेपाल विद्युत प्राधिकरण प्रमुखबाट ४ बर्षे कार्यकाल सकाएर कुलमान घिसिङ विदाई भएसँगै जनताले बत्ति जान थालेको भन्दै गुनासो गरेका छन् ।धेरैले कुलमान घिसिङ नहुनाले झ्याप्प झ्याप्प बत्ती जाने गरेको समेत टिप्पणी गर्दै आएका छन् ।

डेलापको डेब्यू गोलको मद्दतमा सिटीको जित

लियाम डेलापले डेब्यू खेलमा गोल गरेको दिन साविक विजेता म्यानचेस्टर सिटीले गएराति लिग कपको तेस्रो चरणमा बर्नमाउथलाई २-१ ले पराजित गरेको छ।

प्रधानमन्त्री – सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु नै मुख्य चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गरिबी नै मुख्य चुनौती भएको बताए ।
X