Monday, September 21, 2020

Monday, September 21, 2020
समाचार माधव घिमिरेको बिरासत

माधव घिमिरेको बिरासत

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: आजै र राति के देखेँ सपना मै मरी गएको
बतासविना हाँगाको फुल भुइँ झरी गएको
मृत्युको अघिल्लो रात कविले कुनै सपना देखे–देखेनन् आफ्नो गीतका शब्दजस्ता, तर कोरोना महामारीका समयमा विनाहल्लाखल्ला कविवर माधव घिमिरेको १०१ वर्षको उमेरमा निधन भयो । आठ दशकदेखि नेपाली साहित्यको निरन्तर सेवा गर्दै आएका घिमिरेले आफ्नो सिर्जना ऋतम्भरा महाकाव्य अप्रकाशित रूपमा भए पनि पूर्ण गरेर नेपाली भाषाका लागि आफ्नो अन्तिम योगदानका रूपमा छाडेर गएका छन् । १९९२ तिरबाट निरन्तर लेखिरहेका घिमिरे आफ्नो अन्तिम क्षणसम्म पनि सक्रिय साहित्य सेवक रहे ।

सत्तानिकट रहनु र समाजका उत्पीडित समूहका परिवर्तनकामी आकांक्षासँग साक्षात्कार नगर्नु उनको कमजोरी मानिन्छ । यस मामिलामा उनको आलोचना हुने गरेको भए पनि उनको सिर्जनाका पाटा भने कालजयी छन् । उनले ००७ सालको क्रान्तिका समयमा बन्दिपुरमा सहिद हुनेका पक्षमा रचेका गीत पनि कालजयी छन् । बाहुनडाँडाजस्तो त्यतिवेलाको दुर्गम गाउँमा जन्मेर हिमालको पाखापखेरा र मस्र्याङ्दीको सुसाइसँगै हुर्केका घिमिरेले नेपाली साहित्यलाई महत्वपूर्ण योगदान दिएर गएका छन् । र, उनको सिर्जनाको मुख्य सबल पक्ष पनि तिनले उतै लमजुङका कुनाकाप्चामा सिकेका नेपाली बोलीचालीका शब्दहरूलाई थपक्क टिपेर, खिपेर, कुँदेर गीत र कवितामा मिलाएर राख्नु हो । उनका रचना सम्प्रेषणीय छन्, पहाडबाट कलकल झर्ने झरनाजस्ता छन्, मानिसको मस्तिष्कलाई तरंगित बनाउने र उद्वेलित गर्ने खालका छन् ।

साहित्यिक बिरासतका दृष्टिले उनले लेखनाथ पौड्यालको छन्द परम्परालाई अघि बढाएका भए पनि लेखनाथको रचनामा हुने संस्कृतको प्रभावबाट नेपाली कवितालाई धेरै हदसम्म मुक्त गरेका छन् । आफ्नी पत्नी गौरीको कलिलो उमेरमा भएको निधनमा मर्माहत भएर सिर्जना गरेको गौरी खण्डकाव्य घिमिरेको कालजयी रचना हो, जसमा वियोग र प्रेमका आँसु मात्र होइन, मानवजीवनलाई हेर्ने अवधारणा सूक्ष्म तर शक्तिशाली रूपमा उनिएका छन् । उनले ५० वर्षयता विद्यालय शिक्षा लिएर हुर्केको नेपालीको सबै पुस्ता यी कविसँग परिचित छ । मालतीमंगले गीतिनाटकमार्फत उनले रंगमञ्चमा पनि आफ्नो उपस्थिति स्थापित गरेका थिए ।

विश्वविद्यालयदेखि प्राथमिक विद्यालयसम्म पाठ्यक्रममा उनका रचना समावेश भएकाले विद्यालय पुगेकाहरूले उनलाई सम्झने नै भए । त्यसमाथि उनले सबै उमेर समूहका पाठकहरूका लागि नेपालको प्राकृतिक सुन्दरता झल्कने, नेपालको आकांक्षा देखिने र युवाहरूमा केही गरौँ भन्ने हुटहुटी जगाउने अनेक प्रकारका फुटकर रचना दिएका छन् । आलोचनात्मक समीक्षा र मूल्यांकन गर्दै उनको रचनामा पाइने सौन्दर्य परम्पराको विकास नयाँ पुस्ताले गर्नुपर्ने हुन्छ ।
‘यो बाटोमा जब युवतीले गीत क्यै गाउँदैनन्
यो माटोमा जब युवकले जीत क्यै ल्याउँदैनन्
डाकी कोइली अनि वनवनै बोल्न छाड्ला वसन्त
निभ्लान् तारा ग्रहहरू यहीँ सृष्टिको हुन्छ अन्त्य’
जस्ता युवालाई आह्वान गरिएका कवितामा उनको देशप्रेम झल्किन्छ । उनको बिरासत भन्नु नै नेपाली भाषाको सुन्दरता र सौन्दर्यचेतको अभिवृद्धि हो । मृतक कविप्रति श्रद्धाञ्जली ।

सम्बन्धित समाचार

आजदेखि नियमित आन्तरिक उडान सुरु

छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

रानीपाेखरीमा पानी भरियाे, माछा र हाँस कहिले राख्ने ?

काठमाण्डौको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ । तर माछा र हाँस भने अहिले छैनन् ।

काभ्रेमा खुले विद्यालय , एक बेन्चमा दुई विद्यार्थी

काभ्रेका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । काभ्रेको मन्डनदेउपुर र पाँचखाल नगरपालिकाले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारको कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

आन्तरिक वायुसेवा कम्पनीहरुले अब सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने, भाडा नबढ्ने

आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् ।

ताजा समाचार

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

विहानै देखिएका यस्ता ५ चिजले तपाईलाई राम्रो संकेत दिनेछ

भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X