Thursday, September 24, 2020

Thursday, September 24, 2020
आर्थिक कुलमानलाई नै निरन्तरता दिन चौतर्फी माग, सरकारको भने यस्तो छ तयारी

कुलमानलाई नै निरन्तरता दिन चौतर्फी माग, सरकारको भने यस्तो छ तयारी

Published:

On: Nepal

Nepal Online Patrika | Kathmandu: नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि दिन माग गरेको छ । नेपाल विद्युत् प्रधिकरणको ३५ औं वार्षिकोत्सव कार्यक्रममा युनियनका अध्यक्ष रामेश्वर पौडेलले त्यस्तो माग गरेका हुन् ।

४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको अध्यक्ष पौडेलको भनाइ थियो ।
१४ घण्टासम्म लोडसेडिङ गर्नुपर्दा ४ वर्ष अघि प्राधिकरणको ड्रेस लगाएर हिँड्न नसक्ने अवस्था थियो । यो अवस्थालाई सुधार गरेर प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फूलाएर हिँड्नसक्ने अबस्था अहिले बनेको छ ।

यो उहाँकै नेतृत्वमा सम्भव भएको हो ।सरकारले यसको मूल्यांकन अवश्य नै गर्नेछ,’ अध्यक्ष पौडेलले भने, ‘अर्को वर्ष ३६ औं वार्षिकोत्सव समेत अहिलेकै टीमसँग मनाउन पाइन्छ भन्ने हामीलाई विश्वास छ ।

कुलमानको ४ वर्षे कार्यकाल यही २९ गते सकिँदैछ । उनको कार्यकाल सकिएसँगै सो पदका लागि दौडधुप गर्नेको संख्या बढ्दै गएको बताइन्छ । यस्तो अवस्थामा प्राधिकरणका करिब १५ हजार कर्मचारीको साझा संस्थाको रुपमा रहेको ट्रेड युनियनले उर्जामन्त्री सहित विद्युत् क्षेत्रका सबैजसो व्यक्तिको उपस्थिति रहेको कार्यक्रममा यस्तो माग गरेको हो ।

यो खबर हिमाली पत्रिका बाट साभार गरिएको।

सम्बन्धित समाचार

ओली र प्रचण्डबिच छलफल बालुवाटारमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच बालुवाटारमा भेटवार्ता भएको छ।

जसपामा डा. बाबुराम भट्टराई: कति प्रभावशाली छन् ?

यो साल नेपालीहरुका लागि सम्झिनु पर्ने विभिन्न कारण छन् ।

साँझ बस्दै मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक आज बस्दैछ।

नेपाल-चीन सम्बन्धको चर्चा भारतीय संसदमा

भारतका विदेश राज्यमन्त्री भी. मुरलीधरनले चीनसँग नेपालको बढ्दो निकटताले भारतसँगको सम्बन्धमा कुनै असर नगर्ने जनाएका छन्। भारतको राज्यसभामा उनले नेपाल र भारतको सम्बन्ध आफ्नै विशेषतामा आश्रित रहेको योग्यताको आधारमा अघि बढेको जनाउँदै अन्य देशसँग तुलना नहुने समेत बताए।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X